कांग्रेसको सहयोग अभियानमा जोडिन नेता बस्नेतको अपील
काठमाडौं । नेपाली कांग्रेसको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले सहयोग र उद्धारमा जोडिन सबैलाई अपील गरेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य एवम् समितिका संयोजक मोहनबहादुर बस्नेतले विज्ञप्ति जारी गरेर बाढीपहिरो र विपतमा परेकाहरू उद्धार तथा राहतमा जोडिन सबैमा आग्रह गरेका छन् ।
‘सहयोग संकलन एवम् व्यवस्थापन र वितरणलाई समितिले नियमित व्यवस्थित र पारदर्शी रुपमा अगाडि बढाइरहेको तथ्य यहाँहरूलाई अवगत गराउन चाहन्छु’, पूर्वमन्त्री समेत रहेका समितिका संयोजक बस्नेतले भने, ‘हाम्रो यो अभियानमा स्वदेश तथा विदेशमा रहनु भएका सहयोगी मनहरूले यथाशक्य सहयोग गरिदिनु हुनेछ भन्ने विश्वास लिएका छौँ ।’
नेता बस्नेतले भनेका छन्, ‘हामीले यस प्रयोजनका लागि नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक लिमिटेडमा चलती खाता नं. ००३००००६६५३०१ को बैंक खाता खेलिएको हुँदा सबै महानुभावहरूमा सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं ।’
‘यहाँहरूले गर्नुभएको सहयोग संस्थागत र पारदर्शी रुपमा समितिले यथाशीघ्र पीडित परिवारसमक्ष पुर्याउँदै आएको छ’, बस्नेतले भनेका छन् ।
नेता बस्नेतले कांग्रेसको अभियानलाई विभिन्न माध्यमबाट सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै धन्यावाद दिएका छन् ।
कांग्रेस नेता बस्नेतले कोरोना महामारी र बाढीपहिरो पीडितलाई सक्दो सहयोग र उद्धारहरू गर्दै आएका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया