देश बनाउने जिम्मेवारी कांग्रेसमा आयो, कांग्रेसलाई युवाले साथ दिन्छौँः तरुण दल

काठमाडौं । नेपाल तरुण दलले अन्तर्राष्ट्रिय युवा दिवस २०२१ का अवसरमा शुभकामना दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बिहीबार शुभकामना सन्देश दिएर राष्ट्र राष्ट्रियताको प्राण युवाहरू रहेको बताएका छन् । उनले आर्थिक विकास र समृद्धिको आधारशीला पनि युवाहरू रहेको बताएका छन् ।

‘लोकतन्त्र र परिवर्तनको संवाहक हुन युवाहरू । न्याय समानता र समतामुलक समाजको जग निर्माण गर्ने शक्ति हो युवाहरू’, उनले भने, ‘अनाथ असाहय र गरिबहरूको साहारा हो युवा ।’

उनले भने, ‘वर्तमानको साक्षी र भविष्यको मेरुदण्ड हुन् युवा । ईच्छाशक्तिले भरिपूर्ण अथाह जोश र जाँगरले सिँचित प्रवृति साहसिक व्यक्ति हो युवाहरू ।’

तरुण अध्यक्ष बस्नेतले युवाहरूको सहभागिता र संलग्नता बेगर भएको संसारको कुनै पनि परिवर्तनहरूले संस्थागत रुप लिई दिगो हुन नसकेको बताएका छन् ।

‘संविधान र लोकतन्त्रको संरक्षण गर्दै नेपालको आर्थिक विकास र समृद्धि पथमा मुलुकलाई अगाडि बढाउन नेपाली कांग्रेसको काँधमा आइपरेको जिम्मेवारीलाई सहर्ष पूरा गर्न नेपाल तरुण दल केन्द्रीय समिति यसै शुभकामना सन्देशमार्फत सम्पूर्ण लोकतन्त्रप्रेमी युवाहरूलाई एउटै एजेण्डामा एकाकार हुन आव्हान गर्दछ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

Published : Thursday, 2021 August 12, 8:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया