स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको निर्देशनपछि त्रिविका परीक्षार्थीले पाए खोप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालयस्तरका विभिन्न तहका परीक्षामा सामेल हुने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ ।

खोप लगाउन परीक्षार्थीले परीक्षाको प्रवेश पत्र देखाउनुपर्नेछ । स्वास्थ्य सेवा विभागका निर्देशक डा.तारानाथ पोखरेलले सातै प्रदेश र ७७ वटा जिल्लालाई परिपत्र गरेर त्रिविका परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप दिन भनेका हुन् ।

‘विश्वविद्यालयका परीक्षार्थीका लागि काठमाडौंमा मात्र नभई सबै प्रदेशबाट कोभिशिल्ड, एस्ट्रजेनिक वा भेरोसेलको खोप उपलब्ध गराउने निर्णय भएको छ’, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘प्रदेशले तोकेका खोप केन्द्रबाट प्रवेशपत्र देखाएर खोप लिन सक्नुहुनेछ ।’

त्रिविका परीक्षार्थीलाई खोप दिनुपर्ने माग उठेका बेला राज्यमन्त्री श्रेष्ठले सो विषयलाई गम्भीरतापूर्वक लिएर काम अगाडि बढाएका छन् ।

Published : Wednesday, 2021 August 11, 6:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया