तेस्रो भेरियन्टबाट बच्ने उपाय गर्न तरुण अध्यक्ष बस्नेतको अपील, अध्यक्षहरूलाई परिपत्र

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कोरोनाभाइरसको तेस्रो भेरियन्ट नेपालमा पनि देखा पर्ने सम्भावना रहेको भन्दै सचेत रहने अपील गरेका छन् ।

अध्यक्ष बस्नेतले बुधबार जिल्ला अध्यक्षहरूलाई परिपत्र जारी गरेर स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका हुन् । ‘यस्तो अवस्थामा अघिल्ला भरियन्टमा जस्तो मानवीय लगायत अन्य क्षेत्रमा क्षति हुन नदिनको लागि पूर्व तयारी गर्नु अति आवश्यक छ’, उनले भने, ‘त्यसैले सम्भावित महामारीबाट बच्नको लागि स्थानीय प्रशासनसंग सहजीकरण गर्न÷गराउनको लािग जिल्ला अध्यक्षहरूलाई यो परिपत्र गरिन्छ ।’

‘कोभिड–१९ कोरोनाभाइरसको विरुद्धमा देशभर ७७ वटै जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोनाविरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहन सहित जनचेतना फैलाउने’, अध्यक्ष बस्नेतले भने ।

उनले भने, ‘खोप केन्द्रसम्म पुग्न नसकेका लक्षित वर्गलाई खोप केन्द्रसम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकाय संग सहजीकरण गर्ने ।’

‘स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउनको लागि प्रोत्साहन स्वरुप थप सेवा सुविधा प्रबन्ध गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने’, उनले भने, ‘केही स्वास्थ्य संस्थामा लामो समयदेखि तोकिएको जोखिम भत्ता स्वास्थ्यकर्मीहरूले नपाएको भन्ने सुन्नमा आएकोले त्यसका लागि सम्बन्धित निकायसंग पहल गर्ने ।’

उनले भने, ‘बाहिरी मुलुकबाट आएका व्यक्तिहरू क्वारेन्टाईनसम्म पुग्न नसकेका र नपुगेका भए प्रशासनसंग सहयोग लिई पुग्ने सक्ने वातावरणको सिर्जना गर्ने ।’

‘खाद्यान्न, तरकारी, दुध, औषधि, पानी लगायत दैनिक उपभोग्य सामानको खरिद गर्दा भिडभाड हुने भएकाले सजकता र एक अर्काबीच दुरी कायम गर्न सचेतना फैलाउने’, उनले भनेका छन् ।

‘अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरनै बसी केही समयलाई सामाजिक दुरी कायम गरिदिनुहुन अनुरोध गर्ने’, उनले भनेका छन् ।

‘सामाजिक संजाल, अनलाईन समाचार लगाएत अन्य समाचारका माध्यमबाट अपवाह फैलिने खालका समाचार भन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गरिदिनुहुन सम्पूर्ण संचार माध्यमहरूसंग अनुरोध गर्ने’, तरुण अध्यक्ष बस्नेतले भने, ‘अपवाह फैलाइएको देखिए नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई जानकारी गराउने ।’

बस्नेतले भने, ‘मास्क, औषधि, सेनिटाईजर, खाद्यान्न ग्यास लगायत अन्य दैनिक उपभोग्य वस्तुमा कृतिम अभाव र कालोबजारी देखिन सक्ने हुनाले यसरी कृत्रिम अभाव र कालोबजारी हुन नदिनका लागि प्रशासनलाई नियमित अनुगमनका लागि आग्रह गर्ने र कालोबजारी भएको देखिएमा नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई सहयोग गर्ने ।’

‘सकेसम्म लामो दुरीका सवारी साधनलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि यातायात व्यवसायी र प्रशासनलाई सहयोग गर्ने’, उनले भनेका छन् ।

‘सम्पूर्ण निकायलाई आफू र आफू वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिनुका साथै आफू सचेत भई अरुलाई पनि सचेत गराउँदै त्रसित नभई सजग रहनका लागि नेपाल तरुण दल केन्द्रीय समिति हार्दिक अनुरोध गर्दछ’, उनले भनेका छन् ।

Published : Wednesday, 2021 August 11, 10:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया