कांग्रेस नेता खतिवडाद्वारा सांसद तिमिल्सिनाकी पत्नी स्व.रेणुप्रति श्रद्धाञ्जलि व्यक्त

चन्द्रनिगाहपुर । नेपाली कांग्रेस युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रतिनिधि सभाका सांसद देवप्रसाद तिमिल्सिनाकी पत्नी स्व.रेणु तिमिल्सिनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

खतिवडाले मंगलबार रौतहटको चन्द्रनिगाहपुरस्थित निवासमै आएर शोकमा रहेका तिमिल्सिना र उनका परिवारजनसँग भेट गरेर समवेदना प्रकट गरेका हुन् । उनले स्व.रेणु तिमिल्सिनाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

सांसद तिमिल्सिना रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

Published : Tuesday, 2021 August 10, 3:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया