केपी ओली–महेश बस्नेतको पुच्छर बन्दा सिरहामा ठाकुर–महतो समूह समाप्त
लहान । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को आधिकारिकता उपेन्द्र यादवले पाएपछि तराईका जिल्लाहरूमा महन्थ ठाकुर–राजेन्द्र महतो समूह झन् कमजोर भएको छ ।
तराईका जिल्लाहरूमा ठाकुर–महतो समूहका कार्यक्रममा नेता कार्यकर्ताको निकै कम उपस्थिति देखिएका छन् ।
ठाकुर–महतो समूहले शुक्रबार सिराहा बजारमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम ३२ जना मात्रै सहभागी भएको जसपाका एक नेताले बताएका छन् । ३२ जना सहभागी उक्त कार्यक्रममा १० जना अतिथि नै थिए ।
मन्त्री बन्न र लाभ लिन ठाकुर–महतो समूह एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र महेश बस्नेतको पुच्छुर बनेर लागेपछि तराई मधेसमा ठाकुर–महतो नाङ्गे झार बनेका हुन् । मधेश विरोधी ओलीको पछाडि लागेको भनेर ठाकुर–महतोलाई जसपाका नेता कार्यकर्ताले विश्वास गरेका छैनन् ।
सिराहामा ठाकुर–महतो समूहका नेता सुरेन्द्र झा सक्रिय छन् । कम्युनिस्टको पछाडि लागेपछि सम्भावना बोकका नेता झा पनि सिरहामा कमजोर भएका छन् ।
झाले काठमाडौंमा ठाकुर–महतोको समूहको बचाउमा अन्तवार्ता दिँदै आएका छन् । झाले दिने ठूला गफको पछाडि लाग्न सिरहाका नेता कार्यकर्ता छाडेको तथ्य शुक्रबारको कार्यक्रमबाट पुष्टि भएको छ ।
ठाकुर–महतो समूहले ओलीको पछाडि लाग्दा पार्टीबाट पकड गुमाएपछि मधेशका केही जिल्लाहरूमा विस्तार बैठकहरू गर्ने जनाएको छ । ती बैठकहरूमा पनि खासै उपस्थिति छैन ।
जसपाका अध्यक्ष यादव समूह भने केन्द्रीय समितिलाई अध्यावधिक गर्न केन्द्रीय सदस्यहरूको नागरिकता संकलन गरिरहेको छ ।
ठाकुर–महतोसहितका यो समूहका सांसदलाई एमालेका नेता महेश बस्नेतले भक्तपुर जिल्लाको डोरेश्वर रिसोर्टमा रक्सी, मासु, भात खुवाएर महतोलाई संसदीय दलको नेता बनाएर ओली सरकारमा लगेपछि ठाकुर–महतो समूहको पतन शुरु भएको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया