पोखरेलको मुख्यमन्त्री पद १६८ घण्टापछि फुत्किने, बालकोटमा धमाका
बुटवल । बजेट पास गर्न नसकेर भागका कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेलद्वारा अन्त्य गरिएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् । पोखरेल अब मुख्यमन्त्री पदमा करीव १६८ घण्टा बस्नेछन् ।
प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले बिहीबार सूचना जारी गरेर साउन २७ गते विशेष अधिवेशन आह्वन गरेको जनाएका छन् ।
लुम्बिनी प्रदेश सभामा विपक्षी गठवन्धन दलहरूद्वारा प्रदेश सभामा दर्ता गरेको मुख्यमन्त्री पोखरेलबिरुद्वको अविश्वासको प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन आह्वन गर्न माग गर्दै साउन १९ गते प्रदेश प्रमुख शेरचनसमक्ष समावेदन दिएका थिए ।
मुख्यमन्त्री पोखरेलले साउन २७ गतेको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव फेस गर्नुपर्नेछ । होइन भने पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्नेछ ।
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समेत मात खुवाउँदै कीर्ते काण्ड गरेर मुख्यमन्त्री बनेको आरोप खेप्दै आएका पोखरेलको पद साउन २७ गतेसम्मका लागि मात्रै रहेको चर्चा बुटवलमा हुन थालेको छ ।
माओवादी केन्द्र, नेपाली कांग्रेससहितका दलहरूले पोखरेललाई मुख्यमन्त्रीबाट फाल्ने तयारीका साथ विशेष अधिवेशन आह्वान र अविश्वासको प्रस्ताव ल्याएका हुन् ।
बहुमत नपुगेर कम्युनिस्ट मुख्यमन्त्री पोखरेलले बजेटलाई लुम्बिनी प्रदेश सभाबाट पास गराउन सकेका थिएनन् । पोखरेल बैठकबाट भागेर लुम्बिनी प्रदेश सभाको बैठक अन्त्य गरेका थिए । पोखरेलले अर्को दिन अध्यादेशबाट बजेट ल्याएका थिए ।
मुख्यमन्त्री पोखरेल लुुम्बिनी प्रदेशमा निकै कमजोर र लाचार बनेका छन् । पोखरेलका हर्कतले दाङका एमालेका मतदाताहरू समेत लाजले भुतुक्क भएका छन् ।
पोखरेलविरुद्ध लुम्बिनी प्रदेशमा समेत अविश्वासको प्रस्ताव दर्ता गरेर विशेष अधिवेशन बोलाएपछि बालकोटमा बस्दै आएका एमालेका अध्यक्ष ओलीलाई तनाव भएको छ । पोखरेल लुम्बिनी प्रदेशमा अल्पमतमा छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया