ओलीका भक्त डा.जागेश्वर गौतमको यतातिर धन्दैधन्दा, कम्युनिस्टप्रति वफादार
काठमाडौं । तत्कालीन कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ जारी गरेर डा.जागेश्वर गौतमलाई कोभिड– १९ यूनिफाइड केन्द्रीय अस्पतालको प्रमुख कार्यकारी अधिकारीमा नियुक्त गरेपछि व्यथिति र मनमौजीका हदको फेहरिस्त नै बनेको छ ।
व्यवस्थापिका संसद छलेर २०७८ जेठ ६ गते जारी भएको उक्त अध्यादेशका आडमा जेठ १० गते गौतम प्रमुख बनेका थिए ।
प्रमुखमा नियुक्त भएपछि गौतमले सत्ता र शक्तिको आडमा निजी लाभका लागि वीर अस्पताललाई क्रिडास्थल बनाएको आरोप छ । उनी प्रमुख भएदेखि नै कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा फ्रन्टइनमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइकर्मी लगायतका कर्मचारीले ओभरटाइम काम गरेबापतको अतिरिक्त रकम तथा जोखिम भत्ता नपाएको भन्दै घेराबन्दीमा पारेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको लागि आवश्यक रकम निकासा गरे पनि समयमै वितरण नभएको आरोप उनीमाथि थियो ।
पीडित स्वास्थ्यकर्मीका अनुसार गौतमका ज्यादती एक मात्र छैनन् । जोखिम भत्ता नदिएका कारण विनियोजित रकम त्यत्तिकै फ्रिज भएको छ ।
फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीले सधैं खाइपाइ आएको औषधि उपचार खर्च समेत नपाएको गुनासो कर्मचारीको छ ।
महामारीमा दिनरात खटिएर काम गरे पनि जोखिम भत्ता नपाएपछि बाध्य भई काम छाडेर चिकित्सक, नर्स, सफाइकर्मी, प्रसाशनिक कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।
जोखिम भत्ताको माग गर्दा अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा.गौतमले उल्टै प्रहरी बोलाएर पक्राउको धम्कीसमेत दिइएको वीरमा कार्यरत एक नर्सले बताइन् ।
जोखिम भत्ता नदिएपछि गौतमको राजीनामा माग्दै अस्पताभित्रै चर्को नाराबाजी भएको थियो । गौतमको ज्यादतीविरुद्ध आन्दोलन गर्नुपरेका कारण उपचारमा आउने र उपचाररत बिरामीले सास्ती पाएका थिए ।
आन्दोलनका कारण अस्पतालको सम्पूर्ण सेवा अवरुद्ध हुन पुग्यो । जस्का कारण अत्यावस्यक आईसीयूलगायतका कामसमेत रोकिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड बिरामीको उपचारका तथा स्वास्थ्य सामग्री खरिद लागि पठाएको दुई करोड मात्रै खर्च गरेर बाँकी ३८ करोड रुपियाँ फ्रिज भएको भनाई कार्यरत कर्मचारीको छ ।
‘डा.गौतम वीर अस्पतालमा उपकरण खरिद विवादमा पनि मुछिएका छन् । उनको सम्पत्ति छानविन गर्न माग गर्दै अख्तियार, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ’, आन्दोलनमा उत्रेका वीरका अर्का एक कर्मचारीले भने, ‘डा.गौतमले अध्यादेशले दिएको अधिकारसमेत दुरुपयोग गर्दै कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण गरिद गर्दा सेटिङमा महँगो मूल्यमा किनेका छन् । यसमा स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव लक्ष्मण अर्यालको समेत मिलेमतो देखिएपछि कारवाहीका लागि दुबै जनाविरुद्ध उजुरी परेको छ ।’
एक महिनाकै अवधिमा कोभिड यूनिफाइड केन्द्रीय अस्पतालमा झण्डै १ अर्व बराबरको खरिद भइसकेको जनाइएको छ । सबै खरिदहरू सेटिङमा महँगो र बजार मूल्यभन्दा अस्वाभाविक भएको भन्दै छानविनको माग गठेको हो ।
अध्यादेशको भरमा प्रक्रिया बिनै अस्पतालमा खरिद हुने अरबौंको उपकरण विनाप्रतिस्पर्धा किन्ने गरिएको आरोप डा.गौतमविरुद्ध छ ।
यतिमात्र होइन, डा.गौतमले विभिन्न निजी कम्पनीको सेयर खरिदविक्री गरेको भन्दै सोको समेत छानविन माग गरिएको छ ।
यस्तै स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९१, (१) क ले सरकारी सेवामा कार्यरत कर्मचारीले कुनै पनि कम्पनी स्थापना, दर्ता वा सञ्चालनमा भाग लिन, स्वास्थ्य क्लिनिक वा निजी अस्पताल खोल्न तथा सन्चालन गर्ने नपाइने भए पनि डा.गौतमले विभिन्न निजी अस्पताल, मेडिकल कलेज र कम्पनीमा करोडौं लगानी गरेको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग छ ।
तत्कालीन स्वास्थ्य सचिव अर्याल र डा.गौतमको मिलेमतोमा न्याम्स ऐन मिचेर कमिसनको लागि कोभिड नियन्त्रण र रोकथामका नाममा वीरलाई ‘कमाउ धन्दा’ बनाइएको भन्दै यतिबेला अख्तियारले हस्तक्षेप बढाउनुपर्ने मागसमेत जोडदार रुपमा उठेको छ ।
उनले चितवन मेडिकल कलेज सीएमसीमा १ लाख ७६ हजार ४२८ कित्ता, मौलाकालिका अस्पतालमा २३ हजार ४०० कित्ता सेयर लगानी गरेको भन्दै स्रोतको आधिकारिकता छानविन गर्न अख्तियारसँग माग छ ।
डा.गौतमको अमेजोन नामक कम्पनीमा ८५ हजार, ग्यालेक्सीमा ९९ हजार कित्ता सेयर, क्यानभासमा ३० हजार, नारायणी आक्सिजनमा १ लाख २० हजार कित्ता सेयर रहेको दाबी उजुरीकर्ताको छ ।
‘स्वास्थ्य सचिवको मिलेमतोमा करोडौको उपकरण खरिदका लागि सम्झौता गरिसकेका रहेछन्’, डा. गौतमविरुद्ध अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिने एक कर्मचारीको दाबी छ, ‘गएको असार ९ गते झन्डै एक अर्बको टेन्डरका लागि जम्मा ५ दिनको म्याद दिँदै आफू निकटको कम्पनीसँग पहिल्यै सबै स्पेसिफिकेसन्स (मापदण्ड) मिलाएर टेन्डर आह्वान गरेको भेटिएको छ ।’
डा.गौतमलाई लागेका आरोपका विषयमा सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । स्वास्थ्य मन्त्रालयको प्रवक्ता बन्न तत्कालीन स्वास्थ्य मन्त्री र ओलीको पावर लगाएर आएका थिए । प्रवक्ता बनेका डा.गौतमलाई ओलीले विश्वास गरेपछि कोभिड– १९ यूनिफाइड केन्द्रीय अस्पतालमा जिम्मेवारी दिएर पठाएका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया