माखो मार्न नसकेका सिलवाल कांग्रेस नेताहरूको कामबाट मुर्छित, ललितपुरमा एमाले नाङ्गे झार बन्यो

चापागाउँ । एमालेबाट निर्वाचित कम्युनिस्ट सांसद नवराज सिलवालले ललितपुरमा ‘माखो मार्न’ नसकेपछि नेपाली कांग्रेसका नेताहरूले राहत संकलन गरेर वितरण गरेकोमा विरोध गरेका छन् ।

आफ्नै पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको सरकार हुँदा साढे तीन वर्षसम्म सिलवालले ललितपुर क्षेत्र नं. १ मा ‘माखो मार्न’ नसकेको आरोप छ । सिलवालले देखिने गरेर आफ्नो क्षेत्रमा कुनै पनि काम गरेका छैनन् । उनले सहयोग पनि गरेको नदेखिएको स्थानीयको आरोप छ ।

सिलवालले सामाजिक सञ्जाल र संसदमा ओलीको भजन गाउनेभन्दा अरु केही काम गर्न नसकेको उनकै मतदाताहरूको भनाइ छ ।

कांग्रेसका युवा नेता एवम् पूर्व राज्यमन्त्री उदयशम्शेर राणाको विशेष पहलमा चुजी फाउण्डेसन ताइवानका स्थानीय प्रतिनिधिहरूले कोरोना महामारीका बेला ललितपुरमा खाद्यान्न, स्वास्थ्यसहितका सामग्री सहयोग गरेका थिए । ती खाद्यान्न, स्वास्थ्य सामग्रीहरू स्थानीय तहका जनप्रतिनिधिहरूमार्फत वितरण गरिएका थिए । राहत वितरणको कार्यक्रममा कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका सचिव मीनकृष्ण महर्जन पनि सहभागी भएका थिए ।

कोरोना महामारीका बेला गत वर्ष कांग्रेसका युवा नेता महर्जनले ललितपुरमा राहत वितरण गरेका बेला प्रहरी प्रशासन लगाएर खाद्यान्नसहितका राहत वितरणमा अबरोध गरेका थिए । यस्तै हर्कतले कम्युनिस्ट सांसद सिलवाल ललितपुरमा नाङ्गिदै गएका छन् ।

पटक–पटक भएका राहत वितरणमा गोदावरी नगरपालिका र बागमती गाउँपालिकाका स्थानीय जनप्रतिनिधिहरू आफै उपस्थित भएका थिए ।

गोदावरी नगरपालिका र बागमती गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले जितेको स्थानीय तहमा एमालेका सांसद सिलवालले सधैँ सौताको व्यवहार गर्दै आएका छन् ।

त्यहाँका जनतालाई राहत संकलन गरेर कांग्रेसका नेताहरूले वितरण गरेको सिलवाललाई फिटिक्कै मन परेको छैन । सिलवाललाई कांग्रेस नेताहरूको कामबाट सधैँ जनल हुने गरेको आरोप छ ।

सिलवालले मंगलबार फेसबुकमा लामो स्टाटस लेखेर कांग्रेसका नेताहरूको पहलमा जनतालाई राहत वितरण गरेकोमा असन्तुष्टि पोखेका छन् ।

‘वाहिरवाट आएका राहत सामाग्रीहरूलाई स्थानीय निकायका जनप्रतिनिधिहरूले जिम्मा लिएर आवश्यकता अनुसार वितरण गर्ने स्थापित नीति प्रतिकूल केहि समययता चुजी फाउण्डेसन भन्ने एक संस्थाले दिएको खाद्यान्न लगायतका सामग्रीहरू स्थानीय प्रशासन र निर्वाचित जनप्रतिनिधिहरूको जानकारीविना ललितपुरका विभिन्न स्थानहरूमा एउटा अमुक पार्टीका कार्यकर्ताहरूले लर्को लागेर चुनाव प्रचार शैलीमा वितरण गर्दै गरेको देखियो’, कम्युनिस्ट सांसद सिलवालले लेखेका छन् ।

राहत र सहयोगहरू जसले जहाँबाट ल्याएर भएपनि समस्यामा परेका जनतालाई निःशुल्क दिन सक्छन् । कांग्रेसका नेताहरूको हुति थियो, उनीहरूले राहत ल्याएर बाँडे । सिलवालको हुति छैन राहत ल्याएर बाँड्न नसकेको उनकै मतदाताहरूको भनाइ छ ।

गोदावरी र बागमतीमा कांग्रेस नेताहरूद्वारा राहत वितरण, चुजी फाउण्डेसनलाई दिए धन्यावाद

सिलवालले भने, ‘मैले एक सांसदको हैसियतले प्राप्त भएका सहयोग सामग्रीहरू स्थानीय जनप्रतिनिधिहरूमार्फत वितरण गर्दै आएको सवैलाई जानकारी नै छ । यसमा सम्वन्धित निकायको ध्यान जाओस् ।’

‘अरू संस्थाहरूले दिएको राहतलाई कुनै पार्टीले दिएको ढंगले नबुझी यथार्थ जानकारी राख्न र यस्ता गतिविधिवाट प्रभावित नहुन ललितपुरका जनतामा अनुरोध छ’, सिलावले भनेका छन् ।

बागमती गाउँपालिकाका प्रेस सल्लाहकार दीपक घिमिरेले एमालेका सांसद सिलवाललाई गतिलो जवाफ दिएका छन् । घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा राहत वितरणका क्रममा चुजी फाउण्डेसन र बागमती गाउँपालिकाका जनप्रतिनिधिहरूले संयुक्त रुपमा वितरण गरेका तस्बिरहरू सार्वजनिक गरेर एमालेका सांसद सिलवाललाई नाङ्गे झार बनाएका छन् ।

‘आफू पनि काम नगर्नी, गरेकाको किन बिरोध गर्नु यो फोटोमा देखिनुभएको सबै जनप्रतिनिधि हैन र ? उहाँहरू स्थानीय जनप्रतिनिधि भएरै तल्लो तहसम्मको समस्या जहाँ हुन्छ त्यहाँ उहाँहरूकै समन्वयमा राहत बितरण गरेको छ’, घिमिलेरे भनेका छन् ।

‘त्यसैले बिरोध मात्र है माननीयज्यू काम गरौँ । गत वर्ष प्रहरी लगाएर भोको पेटमा लात हान्ने काम गर्नु भयो । यो पटकफेरि प्रशासनको प्रयोग गर्दै हुनु हुन्छ’, घिमिरेले भनेका छन्, ‘यो हाम्रो लागि मान्य हुँदैन त्यसैले अरुले गरेको काममा किन बिरोध तपाईं र तपाईंको ? तपाईको कार्यकतालाई फेसबुकमा लेख्न मात्र हैन जनताको काम गर्न सिकाउनु होस् । अनि राम्रो हुन्छ ।’

ललितपुरका पत्रकार केदारनाथ दाहालले पनि एमालेका सांसद सिलवालको स्टाटसमा कमेन्ट लेखेर औकातमा बस्न सचेत गराएका छन् । स्टाटसमा आएका अधिकांश कमेन्टमा एमाले सांसद सिलवाललाई औकातमा बस्न भनिएको छ ।

Published : Wednesday, 2021 August 4, 9:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया