ओली समर्थक एआईजीले यसरी दिँदै छन् सरकारलाई दवाव, कम्युनिस्टवाला मिडियामा नानाभाँती जात्रा
काठमाडौं । तत्कालीन कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली, एमालेका नेता महेश बस्नेत र गृहसचिव महेश्वर न्यौपानेको जोडबलमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका सहकुलबहादुर थापाले आकर्षक मानिएको मानव श्रोत तथा प्रशासन विभागको जिम्मेवारी पाउन दबाब सिर्जना गरिरहेका छन् ।
थापाले दैनिक सरह प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रधानमन्त्री पत्न आरजु राणा र गृहमन्त्रीकी पत्नी मञ्जु खाणविरुद्ध समाचार लेखाइरहेको स्रोतको भनाइ छ । एआईजी थापालाई जिम्मेवारी दिनुपर्ने भन्दै ओली र बस्नेत निकटका अनलाइनहरूले नानाभाँती आक्षेपहरू लगाएर समाचार सम्प्रेषण गरेका छन् ।
ती अनलाइनहरूले प्रहरीमा सरुवा र बढुवाका लागि पैसा मागेको भनेर मनगडन्ते समाचार लेखेर थापाका पक्षमा दवावको प्रयास गरिरहेको छ ।
कांग्रेस नेतृत्वको सरकार विशेष समयमा बनेको सरकार हो । ओली सरकारले जस्तो मुलुकमा भ्रष्टाचार, अनियमितता र अराजकता मच्चाउन बनेको देउवा सरकार होइन । करीव १५–१६ महिनापछि निर्वाचन आउँदैछ । निर्वाचनमा घाटा हुने गरेर कांग्रेस नेतृत्वको सरकारले कुनै काम नगर्ने नेताहरूले दैनिक सरह बताइरहेका छन् ।
तर, ओली निकट मानिएका एआईजी थापाले देउवा सरकारलाई विभिन्न बहानामा दवाव बनाइरहेका छन् । एमाले समर्थक अनलाइनमा समाचार लेखाउनेदेखि कांग्रेसका नेताहरूमार्फत देउवा र खाणलाई दवाव सिर्जना गरिरहेको आरोप छ ।
थापालाई जिम्मेवारी सरकारले नदिने भनेको छैन । जिम्मेवारी दिनेछ । तर, थापाले नै माग गरेको र ओलीले दिएको विभाग पाउने सम्भावना निकै कम छ ।
प्रहरी संगठनभित्र चेनअफ कमाण्ड मानेर बस्नुको साटो एआईजी थापाले मिडियाबाजी र नेताहरूलाई बोकेर दवाव सिर्जना गरेपछि प्रहरी हेडक्वाटर सबैभन्दा धेरै रिसाएको छ । ओली समर्थक एआईजी थापालाई ओली समर्थक अनलाइनहरूले समाचार लेखेकै भरमा प्रधानमन्त्री र गृहमन्त्री गल्नेवाला छैनन् ।
ओलीले प्रधानमन्त्री पद फुत्किनुभन्दा केही दिन अगाडि असार १४ गते प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा थापालाई बढुवा गरेका थिए ।
ओलीले थापालाई बढुवा मात्रै गरेनन् प्रहरीभित्र सबैभन्दा आकर्षक मानिने मानवस्रोत तथा प्रशासन विभागमा असार २७ गते पदस्थापन गरेका थिए । यो विभाग फुत्किन नपाओस् भनर थापाले सबै हर्कतहरू गरिरहेका छन् ।
थापाले चमत्कारिक रुपमा ओलीलाई समर्थनमा लिएर एआईजीको दरबन्दी सिर्जना गर्न सफल भएका थिए । त्यो दरबन्दीमा बढुवा पाएका थापाले काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँसहितका नेताहरूलाई प्रयोग गरेर प्रधानमन्त्री देउवा र गृहमन्त्री खाणलाई दवाव सिर्जना गरिरहेका छन् ।
थापालाई ओली समर्थक भनेर धेरै महत्व दिएका छैन । थापाभन्दा सक्षम र सिनियर एआईजीहरू अहिले पनि प्रहरीभित्र छन् । ओली समर्थक एआईजी थापाको पक्षमा लविङ गर्न कांग्रेसका नेताहरूको एउटा गिरोह नै सक्रिय भएर लागेको छ ।
ओलीको विश्वास जितेका थापालाई अहिले तनाव सिर्जना भएको छ । ओलीले प्रहरी र कर्मचारी प्रशासनभित्र कति हस्तक्षेप गरेका थिए धेरैलाई थाहा छ । ओलीबाट पेलानमा परेका प्रहरीहरू कांग्रेसको सरकार आएपछि न्याय पाइन्छ कि भनेर आशमा बसेका छन् ।
पहुँचको भरमा ओली सरकारमा हालीमुहाली गरेकाहरूलाई कांग्रेसको सरकारले सिष्टममार्फत सबैलाई न्याय गर्ने गृहमन्त्री खाण निकटका व्यक्तिहरूले बताउने गरेका छन् ।
असार २८ गते सर्वोच्च अदालतको फैसलाबाट ओली सरकार ढलेपछि सबैभन्दा ठूलो झड्का एआईजी थापालाई भएको छ । असार २९ गते नेपाली कांग्रेसका सभापति देउवाको नेतृत्वमा सरकार गठन भएपछि थापा कांग्रेसका नेताहरूको ढाकोमा पुग्न थालेका हुन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया