चौतारामा युवाहरू कांग्रेसमा प्रवेश गरेपछि शेरबहादुर–अग्निलाई तनाब, बस्नेतद्वारा स्वागत

चौतारा । सिन्धुपाल्चोक जिल्लामा एमाले र राप्रपाका युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिकामामा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नवप्रवेशीहरूलाई स्वागत गरेका हुन् । नवप्रवेशी युवाहरूलाई नेता बस्नेतले संगठनमा लाग्न निर्देशन समेत दिएका छन् ।

कांग्रेसले काम गरेर जनताको सेवा गर्ने भन्दै नेता बस्नेतले कम्युनिस्टले जस्तो झुठको खेती गर्न आफूहरूले नजानेको बताएका छन् ।

कांग्रेस प्रवेश गर्नेमा एमालेका युवा नेता एवम् अनेरास्ववियु चौतारा क्याम्पसका सचिव राकेश श्रेष्ठसहित ३६ जना रहेको सिन्धुपाल्चोक कांग्रेसले जनाएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित अग्निप्रसाद सापकोटा सभामुख छन् । उनले निर्वाचनमा जनता समक्ष गरेको प्रतिवद्धता पूरा गर्न नसकेको मतदाताहरूको गुनासो छ ।

सापकोटाले काम गर्न नसकेपछि एमाले र माओवादीसहितका नेता कार्यकर्ताहरू धमाधम कांग्रेसमा प्रवेश गर्दै आएका छन् । एमालेबाट शेरबहादुर तामाङ निर्वाचित छन् ।

तामाङले पनि विकास गर्न नसकेको गुनासो छ । तामाङले पत्नीलाई प्रदेश १ मा मन्त्री बनाएका छन् । आफू पनि मन्त्री बनेका थिए । पद ओगटे पनि तामाङले सिन्धुपाल्चोकमा सिन्को भाँच्न सकेका छैनन् ।

Published : Saturday, 2021 July 31, 6:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया