देउवा–दाहालबीच भेट, मन्त्रीहरूका बारेमा कुराकानी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद विस्तार र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श भएको छ ।
बिहीबार बिहान देउवा र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा परामर्श भएको हो । भेटमा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरू पठाउन माओवादी केन्द्रलाई आग्रह गर्दै आएका छन् ।
माओवादीले केन्द्र सरकारमा सहभागी हुने मन्त्रीहरू पठाउने तयारी गरेको छ । मन्त्रालयका विषयमा देउवा र दाहालबीच सम्वाद भएको हो ।
Published : Thursday, 2021 July 29, 10:52 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया