पूर्वमाओवादी यी चार नेताहरूले पनि ओलीलाई छाडे, बालकोटमा खैलाबैला
काठमाडौं । माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरि मन्त्री खाएका पूर्वमाओवादीका चार जना नेताहरूले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको साथ छाडेका छन् ।
पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरू एमालेमा प्रवेश नगरेको बताएपछि ओलीको निवास बालकोटमा खैलाबैला भएको छ ।
उनीहरूले कारबाही बदर गरी प्रतिनिधिसभा सदस्य पदमा पुनर्वहाली गरियोस् भनेर सर्वोच्च अदालतमा रिट दायर गरेपछि पूर्वमाओवादीका चार नेताहरूले ओलीको साथ छाडेको चर्चा भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि एमालेतिर लाग्दा तत्कालीन माओवादीका चार सांसदहरू प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका थिए । उनीहरूको सांसद पद चैत २६ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त गरिदिएका थिए ।
संसद विघटन गर्ने तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयलाई स्वागत गरेर मन्त्री खाएका यी चार नेताहरू प्रतिनिधिसभा पुनःस्थापित भएपछि आफूहरू माओवादीमै रहेको र एमालेमा प्रवेश नगरेको दाबीसहित सर्वोच्चमा रिट हाल्न पुगेका छन् ।
उनीहरूले आफूहरूले एमालेमा आवद्ध नभएको बताएका छन् । त्यसको प्रमाणका रुपमा उनीहरूले निर्वाचन आयोगमा कायम रहेको एमाले र माओवादी केन्द्रका केन्द्रीय सदस्यको सूची उल्लेख गरेका छन् ।
टोपबहादुर रायमाझी, लेखराज भट्ट र गौरीशंकर चौधरीले पेश गरेको रिटमा आयोगबाट असार २३ गते लिएको विवरणमा आफूहरु एमालेको केन्द्रीय समितिमा नरहेको उल्लेख गरेका छन् । उनीहरूले दल परिवर्तन गरेकै छैनौ भन्दै झुट्टा आरोप लगाई गरेको कारबाही बदर गरिपाऊँ भनेर रिट दायर गरेपछि ओली एक्लिएका छन् ।
माओवादी केन्द्रले कारबाहीको निर्णय गर्दा नेता रायमाझी, भट्ट र चौधरीले स्पष्टीकरण नदिएको र नेता साहको स्पष्टीकरण चित्तबुझ्दो नभएको उल्लेख गरको थियो ।
माओवादीले कारबाही गर्नुभन्दा एक महिना अगाडि उनीहरू एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका थिए ।
सर्वोच्चको एमाले ब्यूँताएपछि आफ्नो पक्षका नेताहरुको मात्र बैठक राखेका अध्यक्ष ओलीले रायमाझी, भट्ट, साह, चौधरीसहित २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए । उनीहरू लगातार एमाले बैठकमा गइसकेका छन् ।
सांसद पदबाट हटेपछि पनि एमाले अध्यक्ष ओलीले आफ्नो नेतृत्वको तत्कालीन सरकारमा मन्त्री बनाएका थिए । २७ वैशाखमा ओलीले विश्वासको मत नपाएपछि प्रधानमन्त्रीसँगै मन्त्रीहरू पदमुक्त भए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया