देउवा–दाहालको सहमतिले ओलीलाई तनाब, नेपाल–यादवले देखाए हरियो झण्डा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच भएको भेटमा निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा गरिएका नियुक्तिहरू खारेज गर्ने सहमति भएको छ ।
ओलीले प्रतिनिधि सभा विघटन गरेपछि जथाभावी रुपमा गरिएका नियुक्तिहरू खारेज गर्ने विषयमा देउवा र दाहालबीच सहमति बनेको स्रोतले जनाएको छ ।
देउवासँग भेट गर्नुभन्दा पहिला दाहालले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका थिए । दाहाल र नेपालबीच पनि ओलीले गरेका नियुक्तिहरू खारेज गर्ने सहमति बनेको थियो ।
ओलीले मन्त्रिपरिषदबाट धमाधम निर्णय गरेका थिए । जेठ ८ पछि गरेका नियुक्ति खारेज गर्ने विषयमा सहमति भएको स्रोतले जनाएको छ ।
ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन गरेकी थिइन् । संसद विघटन गर्ने ओली र भण्डारीको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।
माओवादीका अध्यक्ष दाहालले नेता नेपालसँग जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरेका छन् । भेटमा मन्त्रिपरिषद विस्तारका विषयमा समेत छलफल भएको बुझिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया