मनाङ कांग्रेसको आग्रहपछि गृहमन्त्रीद्वारा बाढीपहिरो पीडितको माग सुनुवाइ गर्न निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मनाङ जिल्लामा बाढी र पहिरोबाट समस्यामा परेका जनताहरूको मागको समाधान गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार मन्त्री खाणले मनाङको चामेका जनतालाई खाद्यान्नसहितको समस्या समाधान गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।
गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक अर्जुन थापा, उप–रथी शरदलाल श्रेष्ठ, प्रमुख सेनानी (इञ्जिनियर) इन्दिवर गुरुङलाई मन्त्री खाणले मनाङको पहिरोको समस्या समाधान गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।
मनाङमा आएको पहिरोले मर्स्याङ्दी नदीबाट चामे जाने पुलमा रुख र झरपात अड्काएर नदीको बहाव अर्कोतिर पु¥याएको छ ।
नदीको बहावलाई खुलाउने र पहिलाकै अवस्थामा फर्काउने काम गर्न प्राविधिक समिति गठन गर्ने मन्त्री खाणले आग्रह गरेका छन् ।
नदीमा अड्किएको झारपात हटाएर पूर्ववत अवस्थाका पानीको बहावलाई पठाउन अध्ययन गरेर काम शुरु हुनेछ ।
गृहमन्त्री खाणले लमजुङको बेसीशहरबाट खाद्यान्न चामेसम्म पुर्याउन नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्न समेत निर्देशन दिएका छन् ।
मनाङका जनताले खाद्यान्न बेसीशहरसम्म पु¥याउने र त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न, औषधि चामेसम्म पु¥याउन खाणले सुझाव दिएका छन् ।
मनाङको पहिरो समस्याबारे पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङको नेतृत्वमा कांग्रेसका नेताहरूको टोलीले गृहमन्त्री खाणको ध्यानाकर्षण गराएको थियो ।
मनाङ कांग्रेसको आग्रहपछि गृहमन्त्री खाणले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया