ओलीले झण्डै फुटाएको पार्टी देउवाले मिलाइदिए

काठमाडौं । एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीका कारण विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी, नेपाल (जसपा)लाई प्रधानमन्त्री शेरबहादुर देउवाले मिलाइदिएका छन् ।

आइतबार देउवाले विश्वासको मत लिने क्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर दुबै समूह नजिकिएका हुन् । यादव र ठाकुर दुबै समूहले देउवालाई विश्वासको मत दिएका छन् ।

ठाकुर समूहले देउवालाई विश्वासको मत दिएपछि यादवले सकारात्मक रुपमा लिँदै मिलेर जाने बताएका छन् । देउवाका कारण जसपाको फुट्नबाट जोगिएको छ ।

सधैँ पार्टी विभाजन गरेको आरोप खेप्दै आएका देउवाले जसपालाई मिलाइदिएका छन् । जसपाका यादव र ठाकुर समूह नजिकएिका छन् ।

अध्यक्ष यादवले बाटो विराएका साथीहरू सही बाटोमा आएको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधि सभा भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरूसँग कुराकानी गर्दै यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलगायतलाई संकेत गर्दै बाटो विराएका साथीहरू सही बाटोमा आएको बताए ।

जसपाभित्र विवाद रहेकोबारे सोधिएको प्रश्नमा यादवले राजनीतिक पार्टीमा विवाद भइरहने पनि बताएका छन् ।

Published : Sunday, 2021 July 18, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया