विश्वासको मत पाउनेवित्तिकै देउवालाई मोदीले दिए शुभकामना
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले ट्वीटरमार्फत बधाई दिएका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले बताएका छन् ।
देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिएका थिए ।

Published : Sunday, 2021 July 18, 11:04 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया