देउवालाई मत दिने यी हुन् ओलीका सांसद, रामचन्द्रलाई हराएकाले पनि भोट दिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका अध्यक्ष केपी ओली निकटका सांसदहरूले समेत विश्वासको मत दिएका छन् ।

एमालेका २२ जना सांसदले देउवाको पक्षमा मतदान गरेका हुन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाएका छन् । नेपाल निकटका १० जना सांसद तटस्थ बसेका थिए । ओली निकटका ८ जना सांसदले फ्लोर क्रस गरेर देउवालाई मतदान गरेका छन् ।

देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हीरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् ।

गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, वीना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

देउवालाई मतदान गर्ने प्रेम आले ओलीको सरकारमा वन मन्त्री थिए । कृष्णकुमार श्रेष्ठ ‘किसान’ पनि ओलीकै सांसद हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका श्रेष्ठले ओलीको सरकार बचाउन सांसद अपहरण गर्न समेत पुगेका थिए ।

ओली निकटका डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढा, मुगुका गोपाल बमले पनि देउवालाई विश्वासको मत दिएका छन् ।

समानुपातिक सांसद समिना हुसेनले पनि देउवालाई विश्वासको मत दिएकी छिन् ।

Published : Sunday, 2021 July 18, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया