देउवाको शानदार जित, ओलीको लज्जास्पद हार
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । देउवा अब संसदको बाँकी अवधिभरिका लागि प्रधानन्त्री बन्नेछन् । देउवाविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइनेछैन ।
प्रतिनिधि सभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले विश्वासको मत पाएका हुन् । देउवाले १६५ मत पाएका छन् । देउवाको विपक्षमा जम्मा ८३ मत मात्रै परेको छ । मत दिन्न भन्ने पक्षमा १ मत परेको छ । मतदानमा २४९ जना सांसद उपस्थित थिए ।
देउवालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल (जसपा)को दुबै समूह, जनमोर्चा नेपाल र एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका सांसदले विश्वासको मत दिएका छन् ।
विश्वासको मत लिने बैठकमा निवर्तमान प्रधानमन्त्री ओली ढिला गरेर आएका थिए । ओलीले संसदमा बोलेनन् । ओलीले सांसद प्रदीप ज्ञवालीलाई बोल्न समय दिएका थिए ।
ओलीले दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेका थिए । ओलीको निर्णयलाई सर्वोच्च अदालतले दुई पटकनै उल्ट्याइदिएको थियो ।
ओलीको उक्साहटमा लागेर राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरिदिएकी थिइन् । ओलीका कारण भण्डारी ठूलो विवादमा परेकी छिन् ।




बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया