देउवाले अर्को शक्तिशाली पासा पल्टाइदिए, ओली नराम्रोसँग एक्लिए
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहले पनि प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई मत दिने भएका छन् ।
ठाकुर समूहका सांसद उमाशंकर अरगरियाले प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
उनले प्रधानमन्त्रीले विश्वासको मतका लागि भनेर पत्र पनि पठाएको बताए । ‘शेरबहादुर देउवाजीको अनुरोधलाई हामीले स्वीकार गरेर विश्वासको मत दिने निर्णय भएको छ’, अरगरियाले भनेका छन् ।
ठाकुर समूहले यसअघि निवर्तमन प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई साथ दिएको थियो । ओली सरकारमा पनि ठाकुर समूह सहभागी भएको थियो । ठाकुर समूहको निर्णयले ओलीलाई ठूलो झड्का लागेको छ ।
Published : Sunday, 2021 July 18, 6:05 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया