देउवाविरुद्ध ओलीले संसदमा बखेडा झिकेर उत्पात गर्ने संकेत, एमालेले लफडा गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरिरहेका बेला एमालेले प्रतिनिधि सभाको बैठकमा बखेडा गर्ने संकेत गरेको छ ।

एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता खड्गप्रसाद ओलीले देउवालाई विश्वासको मत लिनबाट अवरोधको तयारी गरेको स्रोतले जनाएको छ ।

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले विश्वासको मत लिन अर्को बैठक तोक्नुपर्ने अडान लिएको एक सांसदले बताए ।

ओलीले देउवालाई कुनै पनि हालतमा विश्वासको मत दिलाउने पक्षमा छैनन् । ओलीले प्रतिनिधि सभामा बखेडा गरेर उत्पात मच्चाउने तयारी गरिरहेका संसद सचिवालयमा चर्चा छ ।

देउवाले प्रधानमन्त्री पदको शपथ लिने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बखेडा गर्दा दुई घण्टा ढिला गरेर शपथ कार्यक्रम भएको थियो ।

एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका २३ भन्दा धेरै सांसदले देउवालाई विश्वासको मत दिने तयारी छ ।

Published : Sunday, 2021 July 18, 11:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया