कोइराला परिवारको ‘भाते’ बैठकमा सुजातालाई उप–प्रधानसहित मन्त्री बनाउने सहमति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य सुजाता कोइरालाले उप–प्रधानसहित आकर्षक मन्त्रालयको माग गरेकी छिन् ।
नेतृ सुजाताले दुई दिन अगाडि प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवालाई फोन गरेर उप–प्रधानसहित मन्त्री मागेकी थिइन् ।
सुजाताले मन्त्री मागेको विषयमा देउवाले आफू निकटका नेताहरूलाई जानकारी गराएको स्रोतले जनाएको छ ।
देउवाले उप–प्रधानसहित आकर्षक मन्त्री दिने विषयमा दुई दिन हुँदासम्म जवाफ नदिएपछि सुजाताले पारिवारिक बैठक राखेर मन्त्री पद मिलाइदिन दवाव दिएकी छिन् ।
स्रोतका अनुसार सुजाताले परराष्ट्र मन्त्रालय माग गरेकी छिन् । उनले आफूलाई उप–प्रधानसहित मन्त्री बन्न मन लागेको पारिवारिक भोते बैठकमा धारणा राखेकी थिइन् ।
काठमाडौंको महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा शनिबार नेतृ सुजाता कोइराला र केन्द्रीय सदस्य र शशांक कोइरालाको भात खाने बैठक राखेर मन्त्री पदका विषयमा छलफल भएको हो ।
सुजातालाई उप–प्रधानसहित आकर्षक मन्त्री पद माग्ने कोइराला परिवारभित्र सहमति भएको छ । पटक–पटक मन्त्री बनिसकेकी सुजाताले मन्त्री बन्न इच्छा जनाएपछि कोइराला समूहमा लागेका नेता र सांसदहरूलाई तनाब भएको छ ।
सुजातालाई उनका बुबा गिरिजाप्रसाद कोइरालाले कांग्रेसका वरिष्ठ नेताहरू हुँदा हुँदै विगतमा उप–प्रधानमन्त्री बनाउनेदेखि पटक पटक मन्त्री बनाएका थिए । कोइराला परिवार कांग्रेसभित्र सबैभन्दा अवसर लिने परिवारमा पर्छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया