महाधिवेशनबारे कांग्रेसको गज्जबको निर्णय

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले १४औँ महाधिवेशन तोकिएको समयमा गर्नेभन्दै तल्ला तहको अधिवेशन सार्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पदाधिकारी बैठकले तल्लो तहको अधिवेशन सार्ने निर्णय गरेको हो । केन्द्रीय महाधिवेशन तोकिएकै समयमा हुनेछ ।

सह–महामन्त्री डा.प्रकाशशरण महतले कांग्रेसमा निर्वाचन निर्देशिकाको टुंगो लगाउने जिम्मा दुई नेतालाई दिएको बताए । सह–महामन्त्री डा.महत र डा.मीनेन्द्र रिजाललाई दिने निर्णय बैठकले गरेको छ ।

क्रियाशील सदस्यता छानविन समितिले दुई जिल्लाको छानविन सक्न बाँकी रहेको जानकारी प्रस्तुत गरिएको थियो । समितिलाई थप केही दिन काम गर्न दिने निर्णयसमेत भएको छ ।

Published : Friday, 2021 July 16, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया