१५ जना डीएसपीहरूको एसपीमा बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १५ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको उपरीक्षक (एसपी) पदमा बढुवा भएको छ ।

शुक्रबार बसेको सशस्त्र प्रहरी बलको बढुवा सिफारिस समितिका अनुसार सशस्त्र प्रहरीका १५ जना डीएसपीलाई एसपीमा बढुवा गरिएको छ ।

डीएसपीबाट एसपीमा बढुवा सिफारिस भएकाहरूमा राजेन्द्र अधिकारी, ज्ञानप्रसाद भूर्तेल, गोपी चन्द, अम्मरबहादुर ऐर, लेखनाथ खनाल, जीवनबहादुर केसी, चेतसिंह थापा रहेका छन् ।

अच्यूतकुमार मजगैँया, त्रिभुवन बिष्ट, सुनिल केसरी, राजेन्द्रकुमार श्रेष्ठ, मनहरि कुइँकेल, सुशील सुवेदी, विमल डाँगी र धनबहादुर सिंहको बढुवा भएको ।

बढुवा सिफारिसमा नेपाल प्रहरीको असईबाट २०५८ मा सेवा प्रवेश गरेकाहरूमात्र परेका छन् । समितिको सिफारिसअनुसार गृह मन्त्रालयले डीएसपीहरूको एसपीमा बढुवा गरेको छ ।

Published : Friday, 2021 July 16, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया