बालुवाटार छाड्दै गर्दा ओलीले यस्तोसम्म हर्कत गरेका रहेछन्, कांग्रेसद्वारा भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेस विषय समितिले निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले सार्वजनिक यातायातको भाडा बढाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौंमा शुक्रबार बसेको समितिको बैठकले ओली सरकारले कसैसँग सरसल्लाह र समन्वयनै नगरेर सार्वजनिक यातायाताको भाडा बढाएको जनाएको छ ।

ओलीले बालुवाटार छाड्दै गर्दा सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गर्ने निर्णय गरेको खुलासा भएपछि कांग्रेसले विरोध गरेको छ ।

‘केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै सरोकारवालाहरूसँग आवश्यक छलफल तथा समन्वय नगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सार्बजनिक यातायातमा भाडा बृद्धि गरेको छ’, समितिका संयोजक दीव्यमणि राजभण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘यसप्रति वर्तमान सरकारको ध्यानाकर्षण गर्दै जनताहरूलाई परेको मर्काको विषयमा मनन् गरी उक्त मूल्य वृद्धि फिर्ता लिन माग गर्दछ’, कांग्रेसले भनेको छ ।

‘२०७८ साल जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारद्वारा गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध गत असार २८ गते सर्वोच्च अदालतबाट सरकारको उक्त कदम असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भनी संसद पुनर्स्थापना सहित नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री नियुक्तका लागि परमादेश जारी भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले भनेको छ, ‘सर्वोच्च अदालतको उक्त निर्णयको स्वागत गर्दै सर्वोच्च अदालतप्रति यो बैठक उच्च सम्मान गर्दछ ।’

‘शेरबहादुर देउवालाई नेपाल सरकारको प्रधानमन्त्री, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण गृहमन्त्री र प्रतिनिधि सभाका सदस्य ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।’

Published : Friday, 2021 July 16, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया