पौडेल–कोइराला समूहको बैठकमा यी विषयमा भयो गम्भीर कुरा
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले १४औँ महाधिवेशन समयमा गर्नुपर्ने जनाएको छ ।
काठमाडौंको महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा बिहीबार बसेको पौडेल समूहको गुटको बैठकले कार्यतालिका अनुसार तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने निष्कर्ष निकालेको हो ।
केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने विषयमा धारणा आएको बताए ।
बैठकमा क्रियाशील सदस्यताबारे विवादबारे पनि छलफल भएको थियो । पार्टीको पूर्व पदाधिकारी र वर्तमान पदाधिकारी बैठकले तय गरेको मापदण्ड अनुसार क्रियाशील सदस्यताको टुंगो लाग्नुपर्नेमा नेताहरूले जोड दिएको केसीले बताएका छन् ।
नेताहरूले कांग्रेस नेतृत्वको सरकारलाई गल्ती गर्ने छुट नभएको धारणा राखेका छन् । पार्टीका तर्फबाट मन्त्रीको नाम पठाउँदा छलफल गरेर मात्र अघि बढ्नुपर्ने नेताहरूले बताएका छन् ।
नेताहरूले मन्त्री बन्नेहरूका विषयमा भेदभाव नगरेर सिफारिस गर्नुपर्ने बताएका छन् । मन्त्रीका विषयमा नेताहरूबीच केही समय मतभेद समेत भएको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया