प्रधानमन्त्री फुत्किएपछि ओलीका ‘छोरा’हरूले उत्पात मच्चाउँदै, महेश दाई विष्णु भाईको कुरा खै ?

काठमाडौं । खड्गप्रसाद ओलीको प्रधानमन्त्री पद फुत्किएपछि तनाबमा परेका बालकोट निकटका ‘छोरा’हरूले काठमाडौंमा उत्पात मच्चाउन थालेका छन् ।

राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ताले बुधबार ओलीलाई बालुवाटारबाट हिन्दी फिल्मी शैलीमा बालकोट पुर्‍याएका थिए । त्यसको भोलि पल्ट काठमाडौंमा युवा संघका सीमित नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

उनीहरूले पूर्वमन्त्रीद्वय विजयकुमार गच्छदार र मोहम्मद अफ्ताब आलमविरुद्ध प्रदर्शन गरेका हुन् । बालुवाटार जग्गा घोटाला प्रकरणमा निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले माधवकुमार नेपाल र विष्णु पौडेललाई बचाएर विजयकुमार गच्छदारलाई मात्रै फसाएका थिए ।

एमालेका नेता पौडेलका छोराको नाममा बालुवाटारको जग्गा फेला परेको थियो । पौडेलले जग्गा फिर्ता गरेको बहानामा उन्मुक्ति दिइएको छ ।

गच्छदारलाई कारबाही गर्दा पौडेल र नेपाललाई पनि कारबाही हुनुपर्छ भनेर ओलीका छोराहरूले उठाएका छैनन् । उनीहरूको प्रदर्शन ओलीको प्रधानमन्त्री पद फुत्किएको रिसको प्रक्रियाका रुपमा मात्रै देखिएको छ ।

गच्छदारविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता भएको छ छ । अदालतले दश लाख धरौटीमा गच्छदारलाई छाडेको छ । यो न्यायिक प्रक्रिया हो ।

तर, ओलीका ‘छोरा’हरूले अन्तिम फैसला भएर दोषी नै ठहर भए जसरी गच्छदार र कांग्रेस नेतृत्वको सरकारविरुद्ध बद्नामी गर्न उत्रिएका छन् ।

पूर्वमन्त्री आलम पनि रौटहट घटनामा कारागारमा छन् । उनको मुद्धा अदालतमा चलिरहेको छ । न्यायालयले आलमलाई छाडेको छैन । तर, ओलीका हनुमानहरूले नेपाली कांग्रेस र सरकारको बद्नाम गर्नमा तल्लीन भएका छन् ।

गच्छदार र आलमलाई न्यायालयले दोषी ठहर गरेर दण्ड पनि दिन सक्छ । सफाइ पनि दिन सक्छ । तर, एमालेका नेता महेश बस्नेतको उक्साहटमा कांग्रेसविरुद्ध प्रदर्शन भएको छ । एमालेका नेता बस्नेतलाई पूर्व गुण्डा नाइकेको आरोप छ । उनलाई सांसद अपहरणको आरोप पनि छ ।

Published : Thursday, 2021 July 15, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया