यातायात व्यवसायसँग जोडिएका सबैलाई खोप दिन कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसको यातायात व्यवसायी समन्वय विभागले यातायात व्यवसायमा संलग्न सम्पूर्ण नागरिकलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
विभागका अध्यक्ष महेन्द्र यादव र सचिव प्रशन्नमान श्रेष्ठले विज्ञप्ति जारी गरेर यातायात व्यवसायी, मजदुरसहित सबैलाई खोपको व्यवस्था गरिदिन आग्रह गरेका हुन् ।
‘कोरोना महामारीमा यातायात व्यवसायीहरूले प्रत्यक्ष रुपमा भोगेको विषम परिस्थितिबाट हामी सबै जानकारी छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यस विषम परिस्थितिबाट केहिहदसम्म भए पनि राहत पुर्याउनका लागि यातायात व्यवसायमा संलग्न सम्पूर्ण नागरिकहरूलाई यथाशीघ्र खोपको व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गदछौं ।’
कोरोना महामारीले गर्दा यातायात व्यवसवायी, मजदुर र यो क्षेत्रसँग जोडिएका लाखौँ व्यक्ति प्रत्यक्ष प्रभावित बनेका छन् । उनीहरूका समस्यालाई कांग्रेसको यातायात व्यवसायी समन्वय विभागले आवाज उठाउँदै आएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया