ओलीका यस्ता थिए काण्डै–काण्ड, बालकोटमा ‘गुण्डा नाइके’ अचानक देखिए
काठमाडौं । संविधान विपरितका हर्कत गरेपछि प्रधानमन्त्री पदबाट सर्वोच्च अदालतको फैसलाले गलहत्याइएका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई केही भक्तहरूले नाराजुलुससहित बुधबार बालकोट पु¥याएका छन् ।
प्रतिनिधि सभामा अल्पमत हुँदा समेत ओलीले राजीनामा नदिएर राष्ट्रपति विद्यादेवी भण्डारीको पावर लगाएर प्रधानमन्त्री पदमा बसिरहे ।
ओलीले सत्ता कुनै पनि हालतमा छाड्न चाहेनन् । संविधानलाई आफू अनुकूल ब्याख्या गरेर बालुवाटारमा मण्डराइरहे । सत्ता ओलीका लागि अत्याधिक प्यारो भयो । पार्टी फुटाउनेदेखि संसद विघटनसम्म गर्न भ्याए ।
ओलीले सत्तामा सधैँ टिक्नका लागि आफ्नै दलको झण्डै दुईतिहाइ बहुमत रहेको प्रतिनिधि सभा दुई पटकसम्म विघटन गरे । ओलीको मनोमानी र अराजकतालाई सर्वोच्च अदालतले स्वीकार गरेन । दुबै पटक ओलीको पराजय भयो । प्रतिनिधि सभा ब्यूँतियो । आफूलाई काम गर्न नदिएपछि संसद विघटन गरेको हास्यास्पद तर्क ओलीले दिने गरेका छन् । ओली एमाले र तत्कालीन नेकपाको अध्यक्ष थिए । आफैले नेतृत्व गरेको पार्टी र सरकारलाई सम्हाल्न नसक्ने ओली कति सक्षम हुन् सबैले राम्रैसँग बुझेका छन् । कमाण्डिङ गर्न नसक्ने सबैभन्दा असक्षम प्रधानमन्त्री ओली हुन् ।
ओली चारैतिरबाट पराजित हुँदा पनि प्रधानमन्त्रीको कुर्सी छाडेनन् । राजीनामा पनि दिएनन् । नेपाली कांग्रेससहितका दलहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि बहुमत सांसदको संख्या बुझाउँदा पनि राष्ट्रपति भण्डारीले ओलीलाई नै साथ दिइन् । संविधानको रक्षकका रुपमा हेरिएकी भण्डारीले ओलीलाई सत्तामा टिकाइरहन भूमिका खेलिन् । भण्डारीले आफ्नो पदको गरिमा बचाउन सकिनन् ।
मंगलबारका दिन प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम बिथोल्न प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले शीतल निवासमा ठूलै हर्कत गर्न भ्याए । देउवाले आफ्नो अडान नछाडेपछि भण्डारी लुथ्रुक्क परिन् । देउवाले भनेअनुसार प्रधानमन्त्री पदको शपथ गराइन् ।
शपथ सम्पन्न हुनेवित्तिकै नवनियुक्त प्रधानमन्त्री देउवालाई शुभकामना समेत नदिएर भण्डारी शिष्टाचार समेत ननिभाएर जुरुक्क उठेर हिँड्नि । देउवाको अनुहारमा समेत हेरिनन् । भण्डारी राष्ट्रपति हुन्, एमालेको उपाध्यक्ष होइनन् । उनको त्यो हर्कतको सबैले आलोचना गरेका छन् । ओलीको प्रधानमन्त्री पद फुत्किएपछि सबैभन्दा धेरै पीडा भण्डारीलाई भएको छ । भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्रको भाषा र शपथ ग्रहण कार्यक्रममा देखाएको व्यवहारले त्यही कुरा झल्काएको छ ।
ओलीले आखिरमा बालुवाटार छाड्नु परेको छ । ओलीलाई सांसद अपहरणको आरोप लागेका महेश बस्नेत र गुण्डा नाइकेको आरोप लागेका पर्शुराम बस्नेतसहितका युवाहरूले स्कर्टिङ गरेर बालुवाटारबाट बालकोट पु¥याएका छन् । महेश बस्नेत र पर्शुराम बस्नेतका बीच विवाद थियो । यी दुईका बीचमा बोलचान नै थिएन । बुधबारको ‘बा’को स्कर्टिङमा दुबै देखिएका थिए । अकुत सम्पत्ति कमाएका पर्शुराम बस्नेतले सम्पत्ति शुद्धीकरणको मुद्धामा सफाइ पाएका छन् ।
कम्युनिस्ट पार्टीको नेता र प्रधानमन्त्री बनेका ओलीलाई आफ्नो भक्तिभाव तथा गुलामी गरेको निकै मन पर्छ । हुन त ओलीले विगतमा हेलिकप्टरबाट केक लगेर जन्मदिन पनि मनाएकै हुन् । नयाँ युगको शुरुवात भनेर आफ्नो तस्बिरहरूलाई काठमाडौंको बिजुलीको पोलहरूमा पनि झुण्ड्याएकै हुन् ।
‘बा’ संस्कृति पनि ओलीले भित्र्याएका हुन् । ‘बा’ संस्कृतिको एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले आमसभाहरूमा आलोचना गरेका थिए । ओलीलाई भ्रष्टाचार गरेको भनेर पनि आरोप छ । ओलीले सुपारी तस्करीमा समेत कमिशन खाएको आरोप छ ।
ओलीले बालुवाटार जग्गा काण्डमा विष्णु पौडेललाई उन्मुक्ति दिएर नेपाली कांग्रेसका नेता एवम् तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारलाई मुद्धा चलाउन आदेश दिएका थिए ।
स्वास्थ्य सामग्री खरिदमा ओम्नी काण्ड, सरकारी सम्पत्ति कौडीको भाउमा यती समूहलाई दिने जस्ता कार्य नि ओलीले नै गरेका छन् । आफ्ना आईटी विज्ञ अस्गर अलीको समूहलाई विना टेण्डर भित्रभित्रै ठेक्का दिएर कमिशन खाएको आरोप पनि छ ।
ओली र उनको सरकार तथा ओलीका आसेपासेहरूले गरेका अनियमितता र भ्रष्टाचारको नेपाली कांग्रेस नेतृत्वको सरकारले छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने भनेर माग उठेको छ । ओलीकै एकजना केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने भृकुटीमण्डपको जग्गा काण्डमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्धा खेपिरहेका छन् । देउवा सरकारले ओलीको भ्रष्टाचारको छानविन गर्यो भने पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य न्यौपाने र ओलीबीच भिन्नता हुनेछैन ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया