गृहमन्त्री खाणद्वारा कोरोना र विपत् व्यवस्थापनमा सुरक्षा निकायले गरेको कामको उच्च प्रशंसा
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कोरोना महामारीको रुपमा देखा परेको कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार विशेष ध्यान दिन सुरक्षा निकायका प्रमुख र मातहतलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले बुधबार सिंहदरबारस्थित कार्यकक्षमा पदबहाली गरेपछि गृहसचिव महेश्वर न्यौपानेसहित सुरक्षा निकायका प्रमुख र मातहतलाई निर्देशन दिँदै प्राकृतिक प्रकोपका बेला सुरक्षा निकायले गरेको कामको प्रशंसा गरेका हुन् ।
‘विश्वव्यापीको रुपमा देखापरेको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार एवम् यस वर्षको वर्षायामको सुरुवातसँगै परेको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानबाट सिर्जित मनसुनजन्य विपद् व्यवस्थापनमा गृह मन्त्रालय र सुरक्षा निकायहरूबाट निभाइएको भूमिका सह्रानीय छ’, खाणले निर्देशनका क्रममा भनेका छन् ।
उनले भने, ‘हामी सबैको केन्द्रबिन्दु जनता भएको हुँदा सीमित श्रोत साधनको बावजुद पनि उत्प्रेरित भएर काम गर्नु होला ।’
उनले सबै जनतालाई खोप छिटोभन्दा छिटो दिन सरकारले काम गर्ने बताएका छन् ।
कोभिड–१९ को महामारीबाट बच्ने प्रमुख उपाय खोप भएको भन्दै गृहमन्त्री खाणले अग्रपंक्तिमा खटिएर काम गर्नुपर्ने सुरक्षाकर्मी र कर्मचारीलाई प्राथमिकतामा राखी खोप व्यवस्थापन गर्न, संक्रमितको उपचार व्यवस्थापन मिलाउन र विपदबाट प्रभावितहरूको खोज, उद्धार र राहतलाई उच्च प्राथमिकताका साथ प्रभावकारी बनाउन गृह प्रशासनले विशेष भूमिका गर्न उनले निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले भनेका छन्, ‘मुलुकको समग्र शान्ति सुरक्षालाई भरपर्दो र सुदृढ बनाइ राख्न र जनताको अपेक्षा पूरा गर्न सबैले दत्तचित्त भई आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास छ ।’
पदबहाली कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया