देउवाले चुनौतीलाई अवसरमा बदल्नु हुनेछः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले अहिलेको सरकारलाई चुक्ने सुविधा नभएको बताएका छन् ।

नेता थापाले मंगलबार ट्वीट गर्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । उनले जनतलाई आशा र भरोसा दिलाउनुपर्ने बताए ।

नेता थापाले चुनौतीलाई अवसरमा बदलेर देउवाले जिम्मेवारी पूरा गर्ने विश्वास समेत लिएका छन् ।

‘एकातर्फ संविधान कार्यान्वयन गर्ने जिम्मेवारी छ’, थापाले भने, ‘अर्कोतर्फ ओली सरकारको अकर्मण्यताले महामारी लगायतका समस्यामा भोग्नु परेको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनु छ ।’

‘हामीलाई चुक्ने सुविधा छैन, यो चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुहुनेछ’, उनले भने, ‘नवनियुक्त प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवालाई हार्दिक शुभकामना ।’

Published : Tuesday, 2021 July 13, 11:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया