देउवा नेतृत्वको सरकारलाई अमेरिकाले दियो बधाइ, सहयोग गर्न इच्छुक

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृ सरकारलाई अमेरिकाले कार्यकालको शुभकामना दिएको छ ।

देउवाले मंगलबार प्रधानमन्त्री पदको शपथ लिएर पदभार ग्रहण गर्नेवित्तिकै अमेरिकाले बधाइ तथा शुभकामना दिएको हो ।

नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाको कार्यकालको सफलताको कामना गरेका छन् ।

‘नेपालस्थित अमेरिकी मिशनको तर्फबाट नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना’, राजदूत बेरीले लेखेका छन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई अमेरिकी सरकारले सहयोग गर्न चाहेको सन्देश राजदूत बेरीले दिएका छन् ।

अमेरिकाले नेपाललाई कोरोना महामारीका बेला सहयोग गर्न इच्छुक रहेको समेत जनाएको छ ।

Published : Tuesday, 2021 July 13, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया