कांग्रेसले दियो खाणलाई गृहको जिम्मेवारी, यी हुन् दुई मन्त्री

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाण गृह मन्त्री बन्ने पक्का भएको छ ।

कांग्रेसका प्रमुख सचेतक समेत रहेका खाणलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

खाणसहित कांग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि मन्त्रीको शपथ लिने बताइएको छ ।

कार्कीलाई संसदीय मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिने तय भएको स्रोतले जनाएको छ ।

Published : Tuesday, 2021 July 13, 6:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया