देउवाले आउटडेटेड नेतालाई मन्त्री बनाउने चर्चा, कार्की राष्ट्रपतिका नातेदार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउट डेटेड केही नेताहरूलाई मन्त्रीको सूचीमा राखेको खुलासा भएको छ ।
देउवाले मंगलबार ५ बजे पाँचौँ पटक प्रधानमन्त्री पदको शपथ लिँदै छन् । उनले शपथ लिने क्रममा आजै सानो आकारको मन्त्रिमण्डल बनाउँदैछन् ।
स्रोतका अनुसार देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थ मन्त्री बनाउने तयारी गरेका छन् । कार्की यसअघि पनि अर्थमन्त्री बनेका थिए ।
देउवा गुटभित्र रहेर सधैँ समस्या उत्पन्न गर्ने नेताका रुपमा कार्की परिचित छन् । भोजपुर जिल्ला घर भएपनि कार्की कहिल्यै पनि गृहजिल्लाबाट निर्वाचित हुन सकेनन् ।
भोजपुरबाट सुनसरी जिल्ला झरेपछि कार्की निर्वाचित भएका हुन् । कार्कीकै कारण देउवा गुट कमजोर हुन थालेको चर्चा छ । १४औँ महाधिवेशनमा पनि कार्की देउवाको टिमबाट महामन्त्रीको दाबी गरिरहेका छन् ।
कार्की र राष्ट्रपति विद्यादेवी भण्डारीबीच पारिवारिक सम्बन्ध छ । भण्डारीले नै कार्कीलाई मन्त्री बनाउन कांग्रेसभित्र लबिङ गरेको चर्चा समेत छ ।
शशांक कोइरालाको समूहबाट मीनेन्द्र रिजाल आजै मन्त्री बन्ने सम्भावना छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया