प्रधानमन्त्री टुंगो लागेकै दिन देउवाले गरे बबाल मनोनयन, बस्नेतले दिल खोलेर काम गर्ने

काठमाडौं । नेपाली कांग्रेसको ‘बाढी पहिरो विपत व्यवस्थापन समन्वय समिति’ले पूर्णता पाएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा रहेको समितिले सोमबार पूर्णता पाएको हो ।

देशका विभिन्न भागमा गएको विनाशकारी बाढी पहिरोका कारणले पुर्‍याएको जनधनको ठूलो क्षतिको तथ्याङ्क संकलन तथा बाढी पहिरो पीडितहरूलाई राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७८ असार ४ गतेको बैठकको निर्णयानुसार पार्टीका बस्नेतको संयोजकत्वमा समिति गठन भएको थियो ।

कांग्रेस शेरबहादुर देउवाले सोमबार समितिलाई पूर्णता दिएको संयोजक बस्नेतले बताएका छन् ।

समितिको सदस्यमा सभापति देउवाले सांसद दीव्यमणि राजभण्डारी (सह–संयोजक), केन्द्रीय सदस्य किरण गिरी (सचिव), केन्द्रीय सदस्य कल्पना चौधरी (कोषाध्यक्ष), आमन्त्रित केन्द्रीय सदस्य भूमिबहादुर विश्व गुरुङ, सांसद रामबहादुर विष्ट, पूर्वसांसद बहादुरसिंह थापालाई मनोनयन गरेका छन् ।

पूर्वसांसद राजीवबिक्रम शाह, पूर्वसांसद तीर्थबहादुर लामा, पूर्वसांसद ललितजंग शाही, कांग्रेस नेता देवराज चालिसे र नेतृ नगिना यादवलाई देउवाले सदस्यमा मनोनयन गरेका छन् ।

समितिका संयोजक बस्नेतले जनार्दन नेपाल (काभ्रेपलाञ्चोक), दीर्घबहादुर केसी ‘कुमार’ (रुपन्देही) र गुल्मीका चेतनाथ खनाललाई आमन्त्रित सदस्यमा मनोनयन गरेका छन् ।

सर्वोच्च अदालतको फैसलासँगै सभापति देउवालाई २४घण्टाभित्र प्रधानमन्त्री नियक्त गरेर शपथ गराउन आदेश दिएकै दिन बस्नेतको समितिले पनि पूर्णता पाएको छ । यो समितिले बाढी पहिरोबाट पीडितलाई सहयोग गर्नुका साथै कांग्रेसको नाम रोशन गर्नेछ ।

Published : Monday, 2021 July 12, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया