देउवालाई नेपालले दिए बधाई, एमालेका सांसदलाई ह्वीप नलाग्ने
काठमाडौं । सर्वोच्च अदालतको फैसला आउनेवित्तिकै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन् ।
सोमबार दिउँसो नेता नेपालले देउवालाई फोन गरेर बधाई दिएर खुसी साटेका हुन् ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई बदर गर्ने सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन खुसी छन् ।
सर्वोच्च अदालतले देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
देउवालाई एमालेका माधव नेपाल पक्षका २६ सांसद्ले हस्ताक्षर गर्दै प्रधानमन्त्रीका लागि समर्थन गरेका थिए । सर्वोच्चको फैसला र आदेशसँगै देउवालाई मतदान गर्न एमालेका सांसदहरूलाई ह्वीप पनि लाग्नेछैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको दाबीलाई पनि अस्वीकार गरेकी थिइन् ।
त्यसपछि भएको प्रतिनिधि सभा विघटन विरुद्ध नेपाल पक्षका २३ सांसद् समेतको हस्ताक्षर सर्वोच्चमा रिट दायर गरिएको थियो ।
नेता नेपालले सर्वोच्चले दोस्रो पटक गरेको यो फैसलाले नेपालको संविधान, संसद् र लोकतन्त्र जोगाएको प्रतिक्रिया दिएका छन् ।
उनले सर्वोच्चले संविधानवाद र संवैधानिक सर्वोच्चताको उच्चतम् व्याख्या गरेको अनुभूति भएको भएको बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया