देउवा–खाणले सभापतिबाट खाता खोले, हङकङमा गुरुङको शानदार जित

हङकङ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी गुरुङ निर्वाचित भएका छन् ।

समितिको १२औं अधिवेशनबाट शानदार मतसहित गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । गुरुङले ९७ मत पाएका छन् ।

गुरुङले सभापतिका प्रतिस्पर्धी गोविन्द रानालाई पराजित गरेका हुन् । सभापतिमा निर्वाचित गुरुङ यसअघि २ कार्यकाल उप–सभापति रहेका थिए ।

नेपालमा गुरुङको घर पर्वत जिल्लामा पर्छ । कांग्रेसको महासमिति सदस्य समेत रहेका गुरुङ कांग्रेस सभापति शेरबहादुर देउवा र बालकृष्ण खाण निकट मानिन्छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन हुन केही हप्ता बाँकी रहेका बेला देउवा–खाण निकटका गुरुङले सभापतिमा शानदार जित हासिल गरेका छन् ।

Published : Monday, 2021 July 12, 9:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया