तरुण विभागमा सञ्जुकुमारीले पाइन् ठूलो जिम्मेवारी, देशभरिका तरुणमा खुसीयाल

काठमाडौं । नेपाली कांग्रेस तरुण विभागको लुम्बिनी प्रदेशको सदस्यमा सञ्जुकुमारी चौधरी मनोनीत भएकी छिन् ।

नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाको विशेष पहलमा सञ्जुकुमारी र युवा नेता सीताराम थारु लुम्बिनी प्रदेश तरुण विभागको सदस्यमा मनोनीत भएका हुन् ।

तरुण विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले लुम्बिनी प्रदेशको सदस्यमा सञ्जुकुमारीलाई मनोनीत गरेका छन् । सञ्जुकुमारी चौधरी बाँके जिल्लाको कोहलपुर नगरपालिकाकी उप–मेयर पनि हुन् ।

कांग्रेसको राजनीतिमा इमान्दारिताका साथ काम गर्दै आएकी सञ्जुको लगावको मूल्यांकन गर्दै विभागका प्रमुख भण्डारीले लुम्बिनी प्रदेशको सदस्यमा मनोनीत गरेका हुन् ।

कांग्रेसका युवा नेता एवम् बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सीताराम थारुलाई पनि भण्डारीले सदस्यमा मनोनीत गरेका छन् ।

कम्युनिस्टहरूले झण्डै दुईतिहाइ बहुमत पाउँदा पनि जनताका अपेक्षा पूरा गर्न सकेनन् ।

कम्युनिस्टहरूको विरोध गर्दै आएकी युवा नेतृ सञ्जुकमारी चौधरी र युवा नेता सीताराम थारुले अबका दिनमा कांग्रेसलाई कम्युनिस्टविरुद्ध झन् सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।

Published : Monday, 2021 July 12, 9:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया