इदुल अज्हा साउन ६ गते मनाउन अध्यक्ष अन्सारीको आह्वान
काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले साउन ६ गते इदुल अज्हा पर्व देशभरि मनाइने जानकारी दिएका छन् ।
अध्यक्ष मियाँले सामाजिक सञ्जालमार्फत मुस्लिम समुदायको दोसो महान पर्व इदुल अज्हा साउन ६ गते बुधबारका दिन देशभरि मनाइने जानकारी दिएका हुन् ।
उनल भने, ‘सोमबार बेलुका नेपालको विभिन्न भागमा चन्द्रमा (चाँद) देखिएको छ । सहि प्रमाण (शहादत) प्राप्त भएको छ ।’
अध्यक्ष अन्सारीले भने, ‘चाँद देखिएसंगै २८ गते जिल–हिज्जाको १ तारिख हुनेछ । दोस्रो महान चाड इदुल अज्हा नेपालभरि साउन ६ गते बुधबार मनाइने जानकारी गराउँदछु ।’
Published : Monday, 2021 July 12, 8:49 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया