सुभाषले बीच सडकमै भेटे महिला ‘ग्याङ’बाट रामधुलाई

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधान धनगढीमा बादी समुदायबीच आपसमा झडप भएको छ ।

आइतबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि वादी समुदायका दुई पक्षबीच झडप भएको हो । सरकारी राहत तथा कार्यक्रम बाँडफाँटबारे विवाद भएपछि दुई समूह बीच झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले ज्ञापनपत्र बुझाउन आएका बादी समुदायका नागरिकबीच एकआपसमा झडप भएको जानकारी दिए ।

सुवाष बादीले १७ लाख रुपियाँ हिनामिना गरेको उनीहरूको आरोप छ । महिलाहरूले हातपात गरेपछि सुभाष बादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुभाष बादीलाई महिलाहरूले रामधुलाई गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रदेश सरकार आगामी आर्थिक वर्षको लागि भन्दै बादी समुदायको नागरिकहरूको लागि ३ करोड रकम विनियोजन गरेको छ ।

आइतबार बादी उत्थान समितिकी अध्यक्ष रमा बादी लगायतको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए । मीठु बादी नेतृत्वको बादी समुदायका नागरिक पनि मुख्यमन्त्री कार्यालय बाहिर आएका थिए ।

रमा बादी नेतृत्वको समूहले बादी समुदायको नाममा यसअघि पनि बिभिन्न कार्यक्रम गर्दै आर्थिक हिनामिना गरेको भन्दै मीठु बादी नेतृत्वको बादी समुदायले विरोध गरेपछि मुख्यमन्त्री कार्यालय अगाडि हात हालाहाल भएको थियो ।

सुवास वादीले १७ लाख रुपियाँ हिनामिना गरेको उनीहरूको आरोप छ । महिलाहरूले हातपात गरेपछि सुभाष बादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Monday, 2021 July 12, 8:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया