थापाले पाए कम्युनिस्ट सरकारबाट बम्पर उपहारमा एआईजी पद, पोखरेललाई धक्का, एमालेहरू खुसी
काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति (एआईजी) सहकुलबहादुर थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार असार २१ गतेबाट लागू हुनेगरी डीआईजी थापालाई एआईजीमा बढुवा गरिएको थियो ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई बधाई दिँदै पदोन्नतिसँगै बढेको दायित्व र जिम्मेवारीलाई प्रतिबद्वता अनुरूप नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए ।
संगठनको थप सुदृढीकरण र विकासका लागि व्यावसायिकता र पेशागत धर्ममा रही हरेक कार्यलाई सहजरूपमा लिदै स्वमूल्याङ्कन गरी पूर्ण निष्ठाका साथ अगाडि बढ्नुपर्ने उनले बताए ।
पदन्नोतिमा परिवारको पनि साथ सहयोग हुने भएकोले आफ्नो प्रगतिलाई परिवारमा समर्पण गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।
समारोहमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले नेपाल सरकार एवम् प्रहरी संगठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, वचन र कर्मका साथ संगठनको उद्देश्य प्राप्तिका खातिर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आफू बोलाईमा भन्दा गराईमा विश्वास गर्ने भएकाले आफ्नो बुद्धि, विवेक र ईमानदारिताका साथ संगठनको श्रीवृद्धिमा लाग्ने उनले बताएका छन् ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो ।
कम्युनिस्ट सरकारले सहकुलबहादुर थापालाई एआईजीमा बढुवा गरेर अर्का एआईजी विश्वराज पोखरेललाई सहज रुपमा आईजीपी बन्नबाट बाटो छेकिदिएको छ । प्रहरी मुख्यालयमा सहकुलबहादुर थापालाई एआईजी पद बम्पर उपहार मिलेको भन्दै चर्चा हुने गरेको छ ।
सहकुलबहादुर थापाभन्दा सक्षम र योग्य डीआईजीहरू हुँदा हुँदै कम्युनिस्ट सरकारले थापालाई एआईजीमा बढुवा गरेको चर्चा प्रहरीभित्र हुन थालेको छ ।
एआईजी पदमा बढुवा हुनुभन्दा एकरात अगाडि सहकुलबहादुर थापाले कम्युनिस्ट प्रधानमन्त्री ओलीसँग बालुवाटारमा झण्डै दुई घण्टा वार्ता गरेको आरोप छ । त्यो वार्तामा एमालेका एकजना युवा नेताको पनि सहभागिता रहेको थियो ।
काठमाडौंसँग सिमाना जोडिएको जिल्लाका एमालेका बेलाबेला काण्डहरूमा परिरहने नेताले नै थापालाई डीआईजीबाट एआईजीमा बढुवाका लागि ओलीसँग कुरा मिलाइदिएको स्रोतको दाबी छ ।
थापालाई एआईजीमा बढुवा गरेरसँग ओली सरकारले प्रहरीभित्र सबैभन्दा आकर्षक र राम्रो भनेर मानिने मानव श्रोत तथा प्रशासन विभागको जिम्मेवारी समेत दिइएको छ ।
सरकारले एआईजी थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरेको छ । मानव श्रोत तथा प्रशासन विभाग प्रहरीभित्र शक्तिशाली मानिन्छन् । यही विभागले प्रहरीको बढुवा, सरुवालगायतको काम गर्छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया