तानाशाही बनेर ओलीले के–के गरे हर्कत ? कांग्रेस नेतृ देवकोटाको खुलासाले बालुवाटारमा हँगामा
काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले कामचलाउ कम्युनिस्ट सरकारले अध्यादेशमार्फत तानाशाही शासन चलाएको आरोप लगाएकी छिन् ।
आइतबार काठमाडौंमा बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै देवकोटाले सरकारले नागरिकको हित विपरीत केवल आफ्नो अभिष्ट पूरा गर्न मात्रै राज्य सञ्चालन गरिरहेको बताइन् ।
प्रमुख सचेतक देवकोटाले आफैं कानून बनाउने, कार्यान्वयन गर्ने र कानूनको व्याख्या गरेर सरकारले निरंकुशता प्रस्तुत गरेको उल्लेख गरेकी छिन् ।
प्रमुख सचेतक देवकोटाले भनेकी छिन्, ‘यदि सरकारले अध्यादेशमार्फत सत्ता सञ्चालन गर्ने हो भने यो तानाशाही हुन्छ ।’
‘नागरिकको हित विपरीत सरकारले आफ्नो अभिष्ट पूरा गर्नको लागि अध्यादेशको माध्यमबाट राज्य सञ्चालन गर्छ’, देवकोटाले भनेकी छिन्, ‘आफैं कानून बनाउने, आफैं कार्यान्वयन गर्ने र आफैं कानूनको व्याख्या गर्ने यो प्रजातन्त्रभित्रको निरंकुशता हो ।’
कांग्रेस प्रमुख सचेतक देवकोटाले सरकारले घोषणा गरे अनुसार कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नगराएको पनि बताएकी छिन् ।
प्रमुख सचेतक देवकोटाले जोखिम भत्ता नपाउँदा स्वास्थ्यकर्मीको मनोबल नबढेको बताइन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया