महेश बस्नेतका समर्थकले काठमाडौंमा उत्पात मच्चाए, कुर्सी बचाउन ‘बा’ले ‘छोराछोरी’ सडकमा उतारे
काठमाडौं । कम्युनिस्ट कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको समर्थनमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले स्वाथ्य मापदण्ड उल्लंघन गरेर काठमाडौंमा प्रदर्शन गरेको छ ।
कोरोना महामारीका बेला जनता डरले त्रसित बनेका बेला ओलीले आफ्ना समर्थकहरूलाई सडकमा उतारेर प्रदर्शन गराएका हुन् । युवा संघका नेता कार्यकर्ताले स्वास्थ्य मापदण्डको उल्लंघन गरेर प्रदर्शन गरेपछि आलोचना भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको फैसला गर्नुभन्दा एक दिन अगाडि ओलीका समर्थकले आइतबार काठमाडौंमा प्रदर्शन गरेर रमिता देखाएका छन् । एमालेका नेता एवम् युवा संघका ईञ्चार्ज महेश बस्नेतको निर्देशनमा युवा संघका नेता कार्यकर्ताले प्रदर्शन गरेको जनाइएको छ ।
ओली सरकारलाई कुन विदेशीले साथ दिएको छ भन्ने कुरा युवा संघका नेता कार्यकर्तालाई थाहा नभए जसरी वर्तमान एमालेको नेतृत्वमा रहेको सरकारविरुद्ध गिद्धेदृष्टि लगाउनेलाई मैदानबाट नै जस्ताको त्यस्तै जवाफ दिने भनेर प्रदर्शन गरेको नेताहरूले प्रदर्शनका क्रममा भनेका छन् ।
काठमाडौंको नयाँ बानेश्वमा आयोजना गरिएको वृहत सडक प्रदर्शनपछिको कोणसभामा बोल्दै संघका अध्यक्ष किरण पौडेलले सरकारलाई चौतर्फी घेराबन्दी गरेको गुनासो गरे । उनले राष्ट्रघाती तथा जनघाती गतिविधिहरू गरिरहेको उल्लेख गर्दैै त्यस प्रकारका गतिविधिलाई ध्वस्त बनाउने बताए ।
अध्यक्ष पौडेलले आफ्नै प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले चुरे विनास गरेर भारतमा ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने कुराको विरोध गरेनन् ।
अध्यक्ष पौडेलले विपक्षी गठबन्धन विदेशीको एजेन्ट भएको संकेत गरेको समाचार संघको सचिवालयद्वारा सम्प्रेषित समाचारमा उल्लेख छ । विपक्षी गठबन्धनलाई कुन देशको एजेन्ट हो पौडेलले केही भनेका छैनन् ।
संघसँग भिड्न आएमा प्रतिवादमा उत्रन निर्देशन दिँदै अध्यक्ष पौडेलले सडकमा भिड्न आउनेको जिब्रो थुत्न संघका कार्यकर्ता तयार रहेको बताए ।
कार्यपालीकालार्य न्यायपालिकाले हस्तक्षेप गरि मुलुकमा राजनीतिक अराजकता मच्चाउन थालेको उल्लेख गर्दै उनले युवाहरूले सर्वोच्चको गतिविधिलाई नियाली रहेको बताए ।
अध्यक्ष पौडेलले संघका इञ्चार्ज महेश बस्नेतको नेतृत्वमा ८ वर्ष अगाडि युवा संघले अख्तियार दुरुपयोग अनुसन्धानमा दर्ता गरेको लडाकु समायोजनको अरबौं रकमको घोटलाको फाइलमा तत्तकाल अनुसन्धान अगाडि बढाउन माग गरेका छन् ।
उक्त फाइलको अनुसन्धान अगाडि बढाई संघका कार्यकर्ताले प्रचण्डलाई जेलमा हेर्न चाहेको समेत बताए ।
संघका पूर्व अध्यक्ष बचनबहादुर सिंहले न्यायपालिकामाथि जनताको विश्वासलाई कायम गराउन सचेत गराउँदै प्रचण्ड, शेरबहादुर देउवाले बोलेको कुरा जस्ताको त्यस्तै फैसला आउनुमा गम्भीर प्रश्न चिन्ह खडा भएको बताए ।
‘शक्ति पृथकीकरणको रक्षा गरौं, संवैधानिक सर्वोच्चता कायम गरौं’, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौं’, ‘कानूनी शासन कायम गरौं’, संविधान मिच्न पाइँदैन, राष्ट्रघाती गठबन्धन चाहिँदैन’, वैदेशिक हस्तक्षेप प्रतिवाद गरौं’, ‘संवैधानिक सर्वोच्चता कायम गरौं’, ‘आज अनि भोलिलाई, देशको जिम्मा ओलीलाई’, राजनैतिक निकास हाम्रो सरोकार, संसद विघठन संवैधानिक अधिकार’, ‘फेर्नुछ चाँडो देशको मुहार, विदेशी दलाल होसियार’, ‘पूर्व क्लबवालाहरू कहाँ छौँ, राष्ट्रिय युवा संघ यहाँ छ’ लगायतका नाराहरू लगाइएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया