यी कम्युनिस्ट मुख्यमन्त्रीको गोलमालवाला ‘काण्ड’, राज्यको पैसा उडाउन सबैलाई उछिने

काठमाडौं । विवादमा आइरहने प्रदेश १ का कम्युनिस्ट मुख्यमन्त्री शेरधन राई सरकारी पैसा खर्च गरेर भाडा तिरेको काण्डमा मुछिएका छन् ।

राईले भाडामा मात्रै ११ महिनाभित्र ४ करोडभन्दा धेरै रकम खर्च गरेको खुलासा भएको छ । राईले घरभाडामा मात्रै ४ करोड २१ लाख १२ हजार ३ सय ९३ रुपियाँ खर्च गरेका हुन् ।

मुख्यमन्त्री राईले काठमाडौंमा समेत मुख्यमन्त्रीको कार्यालयको सम्पर्क कार्यालय स्थाना गरेका छन् । काठमाडौंको कार्यालयका लागि राईले ३ लाख ५१ हजार ५ सय रुपियाँ खर्च गरेका छन् ।

प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरले मुख्यमन्त्रीको सम्पर्क कार्यालय, प्रदेश सरकारअन्तर्गतका कार्यालय र निवासको भाडामा मासिक ३८ लाख २८ हजार रुपियाँ खर्च भइरहेको जनाएको छ ।

राईले महाराजगञ्जस्थित सम्पर्क कार्यालयमा मासिक ३ लाख ५१ हजार ५ सय रुपियाँ उडाइरहेका छन् ।

मुख्यमन्त्री राईले कार्यालय सहयोगी र हलुका सवारी चालक गरी दुई जनालाई नियुक्त गरेका छन् ।

सम्पर्क कार्यालयमा राईले वार्षिक ४२ लाख १८ हजार रुपियाँ खर्च गरिरहेको प्रदेश लेखा नियन्त्रणले जनाएको छ ।

प्रदेश १ मा प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्री राईले जथाभावी खर्च गरेर भ्रष्टाचार गरेको आरोप लगाएका छन् । कार्कीले काठमाडौंमा सम्पर्क कार्यालय खोलेर जथाभावी रुपमा सरकारी पैसा खर्च गर्ने राईसँग हिसाब किताब माग गरिने बताएका छन् ।

मुख्यमन्त्री राईको निवासका लागि केन्द्र सरकारले अपार्टमेन्टको व्यवस्था गरेको छ । तर, कम्युनिस्ट मुख्यमन्त्री राईले राजषी ठाँट देखाउन मुख्यमन्त्रीको कार्यालय खोलेर काठमाडौंमा तामझाम देखाएका छन् ।

राईले काठमाडौंमा आफ्नो सम्पर्क कार्यालय १८ महिना अगाडि खोलेका थिए । कोरोना महामारीका कारण राईको कार्यालय सञ्चालनमा छैन । तर, खर्च भने भइरहेको छ ।

मुख्यमन्त्रीको निवासका लागि सरकारले सातदोबाटोस्थित डाउनटाउन अपार्टमेन्टमा प्रबन्ध गरेको छ ।

मुख्यमन्त्री राईले गत वर्ष घर तथा गोदाम भाडाबापत ४ करोड ४१ लाख ३४ हजार ८० रुपियाँ खर्च गरेको थिए । कम्युनिस्ट सरकारले खर्चमा मितव्ययिता गर्नेमा धेरैको अपेक्षा थियो । तर, राईले जथाभावी खर्च गर्न थालेपछि एमालेकै नेताहरू चकित परेका छन् ।

ससुराली जाँदा पनि तीन वटा हेलिकप्टर लगेर गएको भनेर मुख्यमन्त्री राईको आलोचना भएको थियो । राई विवाहमा कम्युनिस्ट नेताको आचारण विपरित लाखौं रकम खर्च गरेर धनाढ्यले जस्तो तामझामका साथ काठमाडौंमा भव्य रुपमा विवाह गरेका थिए ।

Published : Sunday, 2021 July 11, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया