कांग्रेसका युवा नेता घिमिरेले पाए लुम्बिनी प्रदेशको संयोजक

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय बिभागको लुम्बिनी प्रदेश संयोजकमा दाङ कांग्रेसका युवा नेता कमलकिशोर घिमिरेले जिम्मेवारी पाएका छन् ।

विभागका प्रमुख एनपी साउदले घिमिरेलाई लुम्बिनी प्रदेशको संयोजकको जिम्मेवारी दिएका हुन् ।

घिमिरे शुभेच्छुक संस्था समन्वय विभागको केन्द्रीय सदस्य पनि हुन् ।

लुम्बिनी प्रदेश संयोजकमा चयन भएका घिमिरे दाङ कांग्रेसको सभापतिमा उम्मेदार समेत बनेका थिए ।

घिमिरे प्रदेश सभाको निर्वाचनमा दाङबाट उम्मेदार बनेका थिए । घिमिरे एमालेका नेता एवम् लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग पराजित भएका थिए ।

Published : Saturday, 2021 July 10, 7:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया