चीनले ओली–दाहाललाई नजिक्याइदियो, एमाले–माओवादीका शीर्ष नेताहरूलाई चीनले एउटै बैठकमा राख्यो
काठमाडौं । नेपालका दुई ठूला कम्युनिस्ट पार्टीले चिनियाँ राष्ट्रपति सी जिङपिङको भाषण सुनेर मख्ख परेका छन् ।
सत्तारुढ एमाले र विपक्षमा रहेका माओवादी केन्द्रका नेताहरूले मंगलबार चिनियाँ राष्ट्रपतिको भाषण सुनेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा नेपालसहित विश्वका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग अन्तरक्रिया गरेको छ ।
चिनियाँ राष्ट्रपति सी जिङपिङको भाषण एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली, महासचिव ईश्वर पोखरेल, सुबास नेम्वाङ, रामबहादुर थापा, प्रदीप ज्ञवाली, शिवमाया तुम्बाहाम्फेसहितका नेताहरूको उपस्थिति रहेको थियो ।
माओवादी केन्द्रबाट अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’, कृष्णबहादुर महरा, पम्फा भुसाल, देव गुरुङ, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, गिरिराजमणि पोखरेल, लीलामर्णि पोखरेलसहितका नेताहरूको उपस्थिति रहेको थियो । अन्तरक्रिया भर्चुअल प्रविधिबाट भएको थियो ।

चिनियाँ राष्ट्रपति जिनपिङले सम्बोधनका क्रममा चीनले कहिले पनि संसारमा आधिपत्य, प्रभाव क्षेत्र र विस्तार नखोज्ने बताएका छन् । सीले चीन जहिले पनि विकासोन्मुख संसारको एउटा सदस्यको रुपमा रहने बताए ।
उनले सबै मानव समुदायको हित सुनिश्चित गर्ने बाटोमा कुनै पनि मुलुक पछाडि पर्न नहुने उल्लेख गरेका छन् ।
चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का महासचिव सी चिनफिङले राजनीतिक दलहरूले जनताको आवाजलाई सुन्नु पर्ने भएका छन् ।
उनले विभिन्न देशहरूलाई मानवजातीको साझा भविष्यको साथ एक समुदाय निर्माणको दिशामा बढाउन आह्वान पनि गरेका छन् ।
सम्मेलनमा भर्चुअल माध्यमबाट नेपालसहित विश्वभरका १६० भन्दा बढी मुलुक र ५०० भन्दा बढी राजनीतिक पार्टी तथा राजनीतिक संगठनका नेताहरूको उपस्थिती रहेको थियो । १० हजारभन्दा बढी राजनीतिज्ञहरुले उक्त सम्मेलनमा भाग लिएका थिए ।
सी विभिन्न मुलुकबीचको इतिहास, संस्कृति, प्रणाली, विकास स्तर फरक फरक भए पनि शान्ति, विकास, न्याय, निष्पक्ष, लोकतन्त्र, स्वतन्त्रता समेत समस्त मानव जातिको साझा मूल्यबारे विभिन्न मुलुकका जनताको साझा लक्ष्य रहेको बताए ।

सीले राजनीतिक दल मानव जातिको साझा मूल्यको वकालतकर्ता हुनु पर्ने उल्लेख गरेका छन् ।
मूल्यलाई व्यवहारमा उतार्ने बाटोबारे विभिन्न मुलुकको छनोटको सम्मान गरी समस्त मानव जातिको साझा मूल्यलाई स्वदेशका जनताको हितलाई व्यवहारमा उतार्ने अभ्यासमा पु¥याउनुपर्ने सीले बताएका थिए ।
एमाले र माओवादीका नेताहरू अहिले पनि चीनसँग निकट छन् । चीनकै कारण एमाले र माओवादी पार्टी कथित वामगठबन्धनका बहानामा निर्वाचनमा मिलेर चुनाव लडेका थिए । पार्टी एकीकरण भएपछि अहिले विभाजन भएका छन् ।
विभाजन भएपछि पहिलो पटक चिनियाँ राष्ट्रपति जिनपिङसँगको अन्तरक्रियामा एमाले र माओवादीका शीर्ष नेताहरू एउट मञ्चमा बसेर भाषण सुनेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया