कांग्रेसका यी नेताले पूरै बालुवाटार हल्लाइदिए, मन्त्रीहरू चकित

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले कामचलाउ कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रतिगमनविरुद्ध कालो टोपी उचालेर विरोध जनाएका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा विशेष समयमा बोल्दै रायमाझीले सडकमा कालो झण्डा लिएर उत्रने अवस्था नरहेको भन्दै राष्ट्रियसभाको बैठकमा कालो क्याप उचालेर प्रतीकात्मक रूपमा विरोध जनाएका हुन् ।

शिरदेखि पाउसम्म कालो पोसाकमा बैठकमा सहभागी भएका रायमाझीले मुलुकले थाहा पाओस् भन्दै सरकारको र प्रतिनिधिसभाको विघटनको विरोधमा आफूले कालो झण्डाको रूपमा क्याप प्रस्तुत गरेको बताएका छन् ।

उनले टाउकोमा लगाएको कालो क्याप उठाएर बैठकमा घुमाएका थिए । उनले भने, ‘मैले सिम्बोलिक रूपमा यो सरकारको विरुद्धमा र प्रतिनिधिसभा विघटनको विरुद्धमा यो आवाज उठाइरहेको छु ।’

कांग्रेस सांसद रायमाझीले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरिसकेपछि लाखौँ जनता सडकमा कालो झण्डा बोकेर निस्कनुपर्नेमा कोरोनाको जोखिम बढेकाले निस्कन नसकेको अवस्थामा अलग पोसाकमा उपस्थिति भएर विरोध गरेको बताएका छन् ।

‘सडकमा कालो झण्डा देखाउने अवस्था नभएको कारणले आज सम्माननीय अध्यक्ष ज्यू मार्फत प्रधानमन्त्रीको कदमको विरुद्धमा यो सदनबाट मुलुकले थाहा पाओस् विरोध स्वरूप कालो झण्डाको रूपमा मैले यो क्याप प्रस्तुत गरेको छु’, उनले भनेका छन् ।

‘मैले सिम्बोलिक रूपमा यो सरकारको विरुद्धमा र प्रतिनिधिसभा विघटनको विरुद्धमा यो आवाज उठाइरहेको छु सम्माननीय अध्यक्ष महोदय’, रायमाझीले भनेका छन् ।

रायमाझीले ओलीले नैतिकता गुमाइसकेको आरोप लगाए । उनले प्रधानमन्त्री ओली राजनीतिक, नैतिक लगायत सबै दृष्टिकोणबाट असफल भइसकेकाले असफल प्रधानमन्त्रीको रूपमा साबित भएको बताए ।

कांग्रेसका सांसद रायमाझीले राष्ट्रिय सभामा कालो क्याप उठाएर विरोध गरेपछि बालुवाटारमा बसेका ओलीलाई तनाब भएको छ ।

कांग्रेसले आफ्नो विरोधलाई जबरजस्त रुपमा अगाडि बढाउने संकेत गरेको छ । कांग्रेसका सांसद रायमाझीको यो कार्यले मन्त्रीहरू समेत चकित परेका छन् ।

Published : Monday, 2021 July 5, 11:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया