भीम रावलका कुराले ओली चकित, बालुवाटारले जिल खायो

काठमाडौं । एमालेका असन्तुष्ट समूहका नेता भीमबहादुर रावलले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई सुटुक्क भेटेका छन् ।

ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा नेता रावलले आइबार राति भेट गरेको स्रोतले जनाएको छ । भेटमा के कुरा भएको थियो भन्नेबारे केही जानकारी दिइएको छैन ।

स्रोतका अनुसार ओलीले राखेका प्रस्तावहरूलाई अस्वीकार गरिदिएका छन् । ओलीले रावललाई विभिन्न प्रलोभनहरू देखाएको चर्चा एमालेभित्र छ ।

नेता रावल एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन् । नेपाल समूहले पार्टीभित्र बबण्डर मच्चाएको ओली समूहको आरोप छ ।

नेपाल समूहले ओलीले पार्टी कब्जा गरेर आफ्नो आलोचना गर्ने नेताहरूलाई सिध्याउने रणनीति बनाएको आरोप लगाउँदै आएका छन् ।

ओली समूहले नेपाल समूहलाई सोमबार ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएको छ । अल्टिमेटम सकिन केही घण्टा बाँकी रहेका बेला रावलले ओलीलाई भेटेका छन् ।

Published : Monday, 2021 July 5, 10:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया