जनता कोरोनाले घरभित्र, प्रचण्डको पूरै परिवार महँगो रिसोर्टमा रमाइलो गर्दै
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारहरूलाई लिएर रिसोर्टमा बास बस्न गएका छन् ।
काठमाडौंको दक्षिणकाली जाने बाटो नजिकै रहेको हात्तीबन रिसोर्टमा रात विताउन प्रचण्ड आइतबार गएका हुन् । रिसोर्टमा उनीसँग पत्नी, बुहारी, छोरी, ज्वाइँ, नाती, नातिनीहरू पनि गएको स्रोतले जनाएको छ ।
प्रचण्ड बेलाबेला परिवारसहित रिसोर्टमा गएर रमाइलो गर्ने गरेका छन् । सिन्धुपाल्चोकको सुकुटे रिसोर्टमा पनि प्रचण्ड जाने गरेका छन् ।
कोरोना महामारीका कारण जनतालाई समस्या परेको छ । सरकारले जनतालाई राहत दिन नसकेको भनेर आलोचना हुँदै आएको छ ।
सरकारलाई दवाव दिने बेला प्रचण्ड भने पूरै परिवारका साथ रिसोर्टमा बास बस्न पुगेका हुन् ।
प्रचण्डको रिसोर्टको खर्च उनी आफैले गर्छन् वा अरु कसैले गरिदिने हो केही भनिएको छैन ।
प्रचण्ड ललितपुरको खुमलटारमा ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा भाडामा बस्छन् । भाडामा बस्ने प्रचण्डको खानपिन, रहनसहन, बसाइँ आदि लक्जरियस छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया