काठमाडौं उपत्यकाभित्र सबै गाडी चल्न पाउने, नयाँ व्यवस्था लागू
काठमाडौं । काठमाडौं उपत्यकाभित्र स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली आइतबार विज्ञप्ति जारी गरेर काठमाडौं उपत्यकाभित्र असार २२ गतेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली खारेज गरिएको जानकारी दिए । अब यातायातका सबै सवारी साधन चल्न पाउनेछन् ।
कुल सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन । सबै यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ ।
मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न दिइने छैन । चालक र सह–चालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्नेछ ।
सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो ।
सार्वजनिक सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनपर्ने छ । सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरु छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ ।
अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरूको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरू प्रवेश गर्न पाउनेछन् ।



बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया